भेनेजुएलाका विपक्षी नेतालाई १४ बर्षको जेल सजाय

भेनेजुएलाका विपक्षी नेतालाई १४ बर्षको जेल सजाय

काराकस, २५ भदौ । भेनेजुएलाका विपक्षी नेता लोपोल्डो लोपेजलाई करिब १४ वर्षको जेल सजाय सुनाइएको समाचार छ ।
उहाँलाई शुक्रबार १३ बर्ष ९ महिनाको जेल सजाय सुनाइएको उहाँका वकिल राबेर्टो मर्रेरोले जानकारी दिनुभएको छ ।
संयुक्त राज्य अमेरिकामा अध्ययन गरेका अर्थशास्त्री लोपेजलाई सन् २०१४ को फेब्रुअरीबाट नै यहाँको सैनिक जेलमा राखिएको जनाइएको थियो ।lopez-preso1

लोपोल्डो लोपेज

उहाँ भेनेजुएलाका एकजना प्रसिद्ध अर्थशास्त्री पनि हुनुहुन्छ । उहाँलाई सुनाइएको सो जेल सजायको देशव्यापी रुपमा नै व्यापक मात्रामा विरोध भइरहेको पनि बताइएको छ ।

लोपेजका वकिल मर्रेरोले ट्वीटर एकाउन्टमा लोपेजलाई रमो भेर्डे सैनिक जेलमा राखिएको जनाएका छन् ।
सो सजाय सुनाइएपछि ४४ बर्षीय लोपेजका समर्थक र सरकार समर्थकबीच अदालत भवनबाहिर झडप भएको जनााइएको छ ।
लोपेजका समर्थकहरुका अनुसार सो झडपको कारण लोपेजका एक समर्थकको मृत्यु भएको छ । तर यस मृत्युको स्वतन्त्र पुष्टि भने भएको छैन ।

तपाइँको प्रतिक्रिया ।