मन्जरी सेकेण्डरी स्कुल बुढानिलकण्ठ -७ को खेलकुद सप्ताह भोलि माघ २२ देखि हुने

मन्जरी सेकेण्डरी स्कुल बुढानिलकण्ठ -७ को खेलकुद सप्ताह भोलि माघ २२ देखि हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ २१।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको मन्जरी सेकेण्डरी स्कुलको खेलकुद सप्ताह भोलि माघ २२ गते देखि शुरु हुने भएको छ।

नियमित पठन पाठन संगै विद्यार्थीहरुको वृति विकासका लागि अतिरिक्त रचनात्मक कार्यक्रमहरुलाई प्राथमिकताका साथ आयोजना गर्दै आएको सो विद्यालयले विभिन्न खेलहरु समावेस गरेर खेलकुद सप्ताह आयोजना गर्न लागेको प्रधानाध्यापक टिका गौतमले जानकारी दिएका छन।

भलिबल,बास्केटबल,कबड्डी, चेस, रिले, डोरी तान,ब्याडमिन्टन लगायतका खेलहरु सहित अन्य सांस्कृतिक र सांगीतिक गतिविधिहरु रहने सो खेलकुद सप्ताहमा ठुलो शंख्यामा विद्यार्थीहरु सहभागी हुने विद्यालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।