नेसनल युनाइटेडमा च्याम्पियनसिप कार्निभल सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,माघ २१।
बुढानीलकण्ठ नगरपालिका वडा नं ८गणेशचोकस्थित नेसनल युनाइटेड स्कुलमा
“संगै उत्कृष्टता हासिल गरौँ” भन्ने मूलनाराका साथ सुरु भएको प्रतियोगितात्मक कार्यक्रम (NUS CHAMPIONSHIP CARNIVAL 2081) सम्पन्न भएको छ ।
कार्यक्रमको अन्तिम दिन रोड रेस, फुटसल, कबड्डी, टगअफवार, ब्याडमिन्टन, ट्रेजरहन्ट,लगायत बाँकी सम्पृ्र्ण स्पर्धाका खेलहरू सम्पन्न भएका छन् ।
बिहान ७:००बजे नेसनल युनाइटेड स्कुलबाट सुरु भई बुढानीलकण्ठ नगरपालिका वडा नं. २ को विभिन्न सडकमा भएको २.५ कि.मी. रोड रेसमा सिनियर ब्वाइजतर्फ बिजय तामाङ् प्रथम, अमृत नेपाली द्वितीय तथा साम्योम राई तृतीय हुँदा गर्ल्सतर्फ युना राई प्रथम, ऐश्वर्या गुरुङ्ग द्वितीय तथा स्तुति शाह तृतीय हुन सफल भए ।
त्यसैगरी जुनियर ब्वाइजतर्फ रिजन सापकोटा प्रथम, रोशन खत्री द्वितीय तथा सुजेन्द्रश्रेष्ठ तृतीय भए भने जुनियर गर्ल्सतर्फ विद्या अधिकारी प्रथम, जेनिशा भट्टराई द्वितीय र कृतिका पण्डित तृतीय हुन सफल भए ।कबड्डीतर्फ ब्वाइज तथा गर्ल्स दुवै समुहमा ग्रीन हाउसको टिम प्रथम भयो।त्यसैगरी साहित्य लेखन एवम् सिर्जनात्मकतर्फ सम्पन्न वक्तृत्वकला प्रतियोगितामा आकृती थापा प्रथम,क्रिस्टिना खतिवडा द्वितीय र अरुणा रायमाझी तृतीय हुन सफल भए भने अन्य विधाका प्रतिस्पर्धाहरु समेत सम्पन्न भएका छन्।
प्राप्त नतिजाका आधारमा सो प्रतियोगितामा ४५५० अंकका साथ लगातार दोस्रो वर्ष ग्रिन हाउस टिम प्रथम हुँदा ३८००अंक सहित यल्लो हाउस टिम द्वितीय र ३७०० अंक हासिल गरी रेड हाउस टिम तृतीय हुन सफल भए । विजेता खेलाडीहरुलाई यस वर्षको अभिभावक दिवस समारोहमा प्रमाणपत्र,मेडल तथा ट्रफीद्धारा पुरस्कृत गरिने आयोजक विद्यालयले जनाएको छ ।
साथै स्कुलले सरस्वती पूजनोत्सव समारोहसंगै यही माघ २१ गते सोमबार नर्सरी देखि युकेजी सम्म नि:शुल्क भर्ना खुलेको तथा अन्य कक्षाहरूमा नाम दर्ता खुलेको समेत जानकारी दिएको छ ।