हिमालय बोर्डिंग स्कुल बुढानिलकण्ठ -३ मा Singing and Dancing Idol सम्पन्न

हिमालय बोर्डिंग स्कुल बुढानिलकण्ठ -३ मा Singing and Dancing Idol सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको हिमालय बोर्डिंग स्कुलमा Singing and Dancing Idol सम्पन्न भएको छ।

हल्का रमाइलो टेली चलचित्रका कलाकार कृष्ण सिवाकोटीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालय संचालक  समितीका अध्यक्ष डोल राज बस्याल, प्रधानाध्यापक खेमराज घिमिरे ,सहायक प्रधानाध्यापक श्याम काजी श्रेष्ठ , बुढानिलकण्ठ नगरपालिकाका लेखा समिती संयोजक तथा विद्यालयका  संचालक राजकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले यस किसिमका रचनात्मक कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएको जानकारी दिदै विद्यालयका प्रधानाध्यापक घिमिरेले विजेता विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेका थिए।

सो प्रतियोगितामा कक्षा ८ का प्रमिशा मैनाली Singing  Idol बनेकी थिइन् भने कक्षा ७ की जिना लामा Dancing Idol बनेकी थिइन्। विद्यालयका कोअर्डिनेटर पुस्कर बस्नेतले संचालन गरेको सो कार्यक्रममा विजेताहरुलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।
Close