यस्तै भो माया : चन्द्रा न्यौपाने (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १९।
भाग्य खोटीको
कुरा गर्नु के र खै ?
कर्म दुःखीको ।१।
एक झलको
मन पनि खै कस्तो ?
पलपलको ।२।
गाह्रो भो प्यारा !
बिताउन तड्पिई
पल यी सारा ।३।
राती लेख्दामा
नरिसाऊ हे प्राण !
राती देख्दामा ।४।
यस्तै भो माया !
तड्पी बाँच्न भो गाह्रो
फालौँ झैं काया ।५।
बाटो मोडूँ झैँ
छिट्टै फाली ज्यान यो
साथ छोडूँ झैँ ।६।
यस्तो निष्कर्ष
गाह्रो हुँदा स्वास्थ्यमा
चाह त्यो स्पर्श ।७।
मेरो परानी !
फोटो राखी छातीमा
च्याप्छु सिरानी ।८।
तिम्रो काया त्यो
बाँच्ने मेरो आधार
बूटी माया भो ।९।
चौतारी चिन्छु
झिकी मुटु पगरी
म गुथिदिन्छु ।१०।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।