कार्नेट नेपालको ११ औँ बार्षिक साधारण सभा सम्पन्न

कार्नेट नेपालको ११ औँ बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन, भाद्र २४
बालबालिकाको क्षेत्रमा परिचित कार्नेट नेपालको ११ औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । बालबालिकाको हक, हित एवम् अधिकारको क्षेत्रमा कृयाशिल संस्थाको ११ औँ वार्षिकोत्सवलाई संविधान सभाका सदस्य तथा नेपाली काङ्ग्रेसका वरिष्ठ केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । गत भाद्र २० गते ललितपुर कुपण्डोल स्थित होटल हिमालयमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित केसीसहित काठमाडौं क्षेत्र नं. ६ का सभासद् भिमसेन दास प्रधान तथा ललितपुर क्षेत्र नंं. २ का सभासद् मदन अमात्य, सामरिटन्स् पर्सका कन्ट्रि डाईरेक्टर, प्राध्यपक डा. राजेन्द्र कुमार रोङ्गोङको विशेष अतिथिकोरुपमा सहभागिता रहेको थियो ।

सभामा कार्नेट नेपालको आ.ब. २०७१÷७२ वार्षिक प्रगति विवरण तथा आय–व्याय विवरण क्रमश संस्थाका कार्यकारी निर्देशक श्री धनराज घिमिरेले तथा कोषाध्यक्ष श्री देवनन्द कडरियाले प्रस्तुत गरेका थिए । लाभान्वित समूहका प्रतिनिधि तथा नुवाकोट शिखरवेसी र वागेश्वरी गा.वि.सका बासिन्दा गणेश पण्डित तथा कमल बहादुर लामिछानेले कार्नेट नेपालले समुदाय विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको साक्षी आफूहरु र आफ्नो सिङ्गो समुदाय रहेका प्रष्ट पारेका थिए । उनले तीन महिना खान नपुग्ने तथा मानब बेचविखनको जोखिममा रहेको समुदायहरुको सामुहिक कृषि फर्म, बङ्गुर तथा बाख्रा पालन, तरकारी खेती, वेसार, अदुवा आदि जस्ता कार्यक्रमबाट जीवन स्तर माथि उठेको बताए ।

IMG_7848
एक छाक खान तथा एक सह्रो लाउन गाह्रो अवस्था भएका समुदायमा आज आफ्ना आधारभुत आवश्यकताको परिपूर्तिसँगै वचत गर्ने समेत वानीको पनि विकास भएको कुरा बताए । समूदायमा वृक्षारोपण, जाँड रक्सि तथा जुवातास नियन्त्रण, बाटो निमार्ण आदि जस्ता कायक्रम गर्न चुलाचौकामा सिमित दिदी बहिनीहरु अग्रपन्तिमा आउन सफल हुनुमा नै कार्यक्रम सफल भएको कुरा पनि बताउनुभयो । कार्यक्रममा संस्थालाई महत्वपुर्ण योगदान पु¥याउने ब्यक्तित्वहरु प्रा. डा. राजेन्द्र कुमार रोङ्गोङ तथा शिव रायमाझिलाई विशेष सम्मान गरिएको थियो साथै हरेक वर्ष कार्नेट नेपालले प्रधान गर्ने “Staff of the Year 2014/15”  पुरस्कार नुवाकोट शाखा कार्यालयका वितिय अधिकृत श्री रसिक मगरातीलाई प्रधान गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता अर्जुन नरसिंह केसीले कार्नेट नेपालले सरकारले ध्यान पु¥याउन नसकेका नुवाकोट, कञ्चनपुर र सिन्धुपाल्चोक जिल्लाका दुर्गम गा.वि.स.हरुमा पैरवी, महिला सशक्तिकरण, दिर्घ जिविकोपार्जन, उद्दार तथा पुर्नस्थापना, शिक्षा तथा महाभुकम्प पश्चात रहातमा पनि महत्वपुर्ण भुमिका पु¥याएको भन्दै संस्थाले समुदाय विकासमा निर्वाह गरेको महत्वपुर्ण योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रमका विशेष अतिथिहरुले पनि कार्नेट नेपालले पर्याएको योगदानको सह्रानाका साथै धन्यवाद दिनुभएको थियो र संस्थालाई हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको थियो । कार्यक्रममा बोल्दै काठमाडौँ क्षेत्र नं.६ का सभासद भीमसेनदास प्रधानले नेपाली समाजमा कार्नेट नेपालले गरेको योगदानको प्रंशसा गर्दै अझै प्रभावकारी काम गरेर समाजमा अझै उच्च नाम राख्न शुभकामना दिए । कार्यक्रमलाई बिभिन्न अरु सहभागि अतिथिहरुले सम्बोधन गरेका थिए ।

IMG_7851
कार्नेट नेपालले पैरवी, महिला शसक्तिकरण, दिर्घ जिविकोपार्जन, उद्दार तथा पुर्नस्थापना, शिक्षा र डिजास्टर रेस्पोन्स तथा अन्य कार्यक्रमहरु मार्पmत महाभुकम्पबाट पीडितहरुको सयोगार्थ आफ्नो सम्पूर्ण श्रोत साधन लगाई पीडितहरुको जीवन उकास्न कुनै कसर नछोड्ने प्रतिबद्धताका तथा संस्थाका अध्यक्षको धन्यवाद ज्ञापनका साथ साधारण सभा सम्पन्न भएको थियो ।

तपाइँको प्रतिक्रिया ।