नेकपा एमाले सिन्धु-काठमाण्डौं सम्पर्क मञ्चले वनभोज आयोजना गर्ने
कपन अनलाइन
काठमाण्डौ ,माघ १८।
नेकपा एमाले सिन्धु – काठमाण्डौं सम्पर्क मञ्चले उपत्यकामा वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । सम्पर्क मञ्चले सिन्धुपाल्चोक जिल्ला बाट काठमाण्डौं उपत्यकामा आई बसोबास गरिरहेका पार्टी सम्बद्ध कार्यकर्ताहरु एबं ईच्छुक गैह्र पार्टीमा आबद्ध सबैलाई आउँदो माघ २० गते शनिवार वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको सम्पर्क मञ्चका अध्यक्ष द्वारिका प्याकुरेलले जानकारी दिए ।
बिगत बर्षहरुको निरन्तरताको रुपमा अयोजित वनभोज कार्यक्रमले भातृत्व निर्माण,भावना साटासाट, सांगठानिक सह अस्तित्व र भाइचाराको सम्बन्ध स्थापित गर्ने एबं सगठन सुदृढिकरण हुने बिश्वास राखिएको अध्यक्ष प्याकुरेल भनाई रहेको छ । चोभार आयोजना हुने वनभोज कार्यक्रममा नेकपा एमालेका केन्द्रिय एबं प्रदेश, जिल्ला र पालिका तहको नेता तथा कार्यकर्ताहरुको बिशेष उपश्थितीमा स्थानिय एबं राष्ट्रिय स्तरको कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
बिभिन्न पेशा वा ब्यवसाय,रोजगारीका शिलसिलामा मनका भावनाहरु साटासाट गर्ने र एउटै ठाँउका नागरिकहरु एक आपसमा भेट नहुने ब्यस्ततालाई भेटघाट गर्ने,मनोरञ्जन लिने फोरमको रुपमा “एउटै जिल्ला एउटै थलो हामी सबै मिलेर गर्यौ रमाईलो” भन्ने भावको साथ वनभोज कार्यक्रममा आम सिन्धु बासिहरुलाई निम्तो गरिसकिएकाले ऐतिहासिँक वनभोज हुने उपाध्यक्ष राधा सापकोटा भनाई रहेको छ ।