लेमन ट्री प्रिमियर होटल बुढानिलकण्ठमा टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को नेतृत्व तालिम सम्पन्न

लेमन ट्री प्रिमियर होटल बुढानिलकण्ठमा टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को नेतृत्व तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,माघ ९।

टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को मध्य–वर्षीय डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्राम (डिएलटिपी) २०८१ बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा पौष २७ र २८ गतेसम्पन्नभयो। कार्यक्रममा नेपाल तथा भारतका डिस्ट्रिक्ट लिडरहरु र सदस्यहरूको सहभागिता रहेको थियो । नेतृत्व क्षमता, सहकार्यको महत्व र टोस्टमास्टर्सको मिशन—व्यक्तिहरूलाई प्रभावकारी सञ्चार र नेतृत्वद्वारा सशक्त बनाउने उद्देश्यमा कार्यक्रम केन्द्रित रहेको थियो ।
नेतृत्व र सहकार्यको आधारशिला
डिस्ट्रिक्ट ४१ की डिभिजन डाईरेक्टर मून प्रधानको  स्वागत मन्तव्यका साथ तालिमको शुरुवात भएको थियो । डाईरेक्टर प्रधानले साझा लक्ष्यहरु प्राप्त गर्न सहयोग र नवीनताको महत्वमा जोड दिएका थिए  ।निमिश जोसेफको प्रेरणादायक उद्घाटन सत्रले सहभागीहरुलाई उनीहरुको नेतृत्व यात्रामा आफ्नो लचिलोपन र वृद्धिलाई आत्मसात् गर्न उत्प्रेरित गरेको थियो ।
सहकार्य,कार्यक्रमको प्रमुख विषय बनेको थियो। कार्यक्रममा रन्जीत आचार्यले सामूहिक सफलता हासिल गर्न टिमलाई सशक्तिकरण गर्ने सम्बन्धमा अन्तक्रियात्मक सत्र प्रस्तुत गरेका थिए  । सन्दीप रतौरी र अनन्त कट्यानीले प्रतियोगिता व्यवस्थापन सम्बन्धी कार्यशाला सञ्चालन गरेका थिए , जसले टोस्टमास्टर्स प्रतियोगीहरूलाई व्यवस्थित गर्न आवश्यक भूमिका र जिम्मेवारीमा प्रकाश पारेको थियो ।
क्लब ग्रोथ डाईरेक्टर श्वेताङ्क शर्मा र प्रोग्राम क्वालिटी डाईरेक्टर गौरव चौधरीले डिस्ट्रिक्ट ४१ ड्यासबोर्डको परिचय गराएका थिए । यसले क्लबहरूलाई डिस्टिङगुइस्ड क्लबको उपाधि हासिल गर्न लक्ष्यनिर्धारण र ट्रयाकिङ गर्न सघाएको थियो। साथै, कमप्रदर्शन गर्ने क्लबहरूको सुदृढीकरणका लागि रणनीतिहरू र दीर्घकालीनउत्तराधिकार योजनाबनाउने विषयमा सत्रहरू पनि समावेश गरिएको थियो
नेतृत्वकालागि प्रेरणा, विकास र सेवा
नेतृत्वको गहनअध्ययनमा केन्द्रित उक्त तालिममा टिम निर्माण र विवाद समाधान जस्ता विषयहरूमा विशेष सत्रहरू समावेश गरिएको थियो । सन्दीप रतुरीले टिम निर्माणका पाँच चरणहरुबारे विस्तृत जानकारी गराउँदै प्रभावकारी संवाद र आपसी सम्मान मार्फत कसरी चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई मार्गदर्शन गरेका थिए । त्यस्तै विनय जैनको सत्रले नेतृत्वकर्ताहरूलाई उद्देश्य–प्रेरित सफलतामा ध्यान दिन प्रेरित गर्दै चुनौतीलाई प्रभावकारी परिवर्तनको अवसरका रूपमा लिन आह्वान गरेको थियो । उक्त तालिममा संगठनात्मक विकासका लागि नवीन रणनीतिहरूको विषयमापनि छलफल भएको थियो ।
निमितमित्तल र राजु चौहानले टोस्टमास्टर्सका कार्यक्रमहरूलाई कर्पोरेट मूल्याङ्कन प्रणालीसँग जोड्ने र सञ्चार माध्यममार्फत उपलब्धीहरुलाई प्रचार गरी टोस्टमास्टरको दृश्यता र सदस्यता विस्तार गर्ने रणनीतिहरू प्रस्तुत गरेका थिए।
अनन्त कात्यानीले नेतृत्वलाई सेवाको रूपमा पुनर्परिभाषित गर्दै, जोन सी. म्याक्सवेलको “नो द वे, गो द वे, एन्ड सो द वे” को उदाहरण दिनुभयो । उनले सहभागीहरूलाई प्रभाव र प्रेरणा दिन सक्ने क्षमता राख्ने सहयोगपरक नेतृत्व शैलीअपनाउन प्रेरित गरेका थिए  । त्यस्तै रन्जीत आचार्यको सत्रले “एटमिक ह्याबिट्स” को अवधारणामा आधारित निरन्तर सुधार र लचिलोपनमा जोड दिंदै साना प्रगतिहरुमा ध्यान केन्द्रित गर्न आग्रह गरेको थियो  ।
भविष्यको लागि तयार नेतृत्वको विकास
कार्यक्रमको अन्त्यमा दीप्ती आचार्य र निमिश जोसेफले प्रस्तुत गरेको कार्यान्वयन योग्य योजना विशेष आकर्षण रहेको थियो । यी योजनाहरू सदस्यता वृद्धिका उपायहरू, नयाँक्लब स्थापना गर्ने अवसरहरूको पहिचान, र जिल्ला स्तरीय प्रतियोगितातथाकार्यक्रमहरूमा सक्रिय सहभागिता प्रोत्साहित गर्ने विषयमा केन्द्रित थियो ।
नेतृत्वका सदाबहार सिद्धान्तहरूलाई नवीन अभ्यासहरूसँग समायोजन गर्दै उक्त डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्रामले व्यक्तिगत र व्यावसायिकउत्कृष्टता प्राप्त गर्ने टोस्टमास्टर्सको उद्देश्यलाई थप सुदृढ बनाएको छ ।सहभागीहरूले नेतृत्व क्षमता विकासको लागि नयाँ टुल्स, रणनीति र प्रतिबद्धताका साथ कार्यक्रमको समापन गरे ।
डिस्ट्रिक्ट ४१ को नेतृत्वविकास सम्बन्धी उक्त तालिमले टोस्टमास्टर्सको यात्रामाअर्को महत्वपूर्ण अध्यायथपेको छ, जसले डिस्ट्रिक्ट ४१ लाई मात्रै नभएर समग्र टोस्टमास्टर्स समुदायलाई उज्ज्वलभविष्यतर्फ उन्मुख गराएको छ ।

तपाइँको प्रतिक्रिया ।
Close