कागेश्वरी मनोहरा नगरपालिकामा च्याउ उत्पादन तथा प्रवर्धन सम्बन्धि ४ दिने तालिम शुरु

कागेश्वरी मनोहरा नगरपालिकामा च्याउ उत्पादन तथा प्रवर्धन सम्बन्धि ४ दिने तालिम शुरु

कपन अनलाइन

काठमाण्डौ ,माघ ९।

कागेश्वरी मनोहरा नगरपालिकालाई सिताके च्याउ हव बनाउने लक्ष्यसहित च्याउ उत्पादन तथा प्रवर्धन सम्बन्धि ४ दिने तालिम शुरु भएको छ । मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत सिताके एग्रोटेक प्रा.लि.को आयोजना तथा नगरपालिकाको सहकारी तथा उद्यम विकास शाखाको संयोजनमा तालिम शुरु भएको हो ।

तालिममा नगरपालिकाभित्र संचालित पाँच वटा कृषि सहकारीका ६० जनाभन्दा बढी महिला तथा पुरुषको उपस्थिति रहेको थियो । मंगलबार(आज)बाट शुरु भएको तालिम ४ दिनसम्म चल्नेछ । तालिममा सिताके च्याउ बिशेषज्ञ तथा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका डाक्टर बशिष्ट आचार्यले प्रशिक्षण दिएका थिए ।

आचार्यले सिताके च्याउ खेतीका लागि चाहिने आवश्यक सामग्री, बिउ रोप्ने तरिका, उत्पादन, सिताके च्याउको महत्व, रोगको व्यवस्थापन लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

बुधबार र बिहिबार सिताके एग्रोटेक प्रा.लि. सिंखडागाउँमा ब्यबहारिक तालिम प्रदान गरिनेछ भने शुक्रबार भक्तपुर सल्लाघारीको सिताके च्याउ ब्यबसायिक फार्म र निकोसराको बिउ उत्पादन केन्द्रमा अध्ययन तथा अवलोकन भ्रमणको कार्यक्रम राखिएको सहकारी तथा उद्यम विकास शाखा प्रमुख बिश्वास ज्ञावालीले जानकारी दिए । तालिमले रोजगारीसँगै सीप विकास र स्थानीयको आर्थिक क्षमताविकासमा टेवा पुग्ने शाखा प्रमुख ज्ञावालीले बताए ।

तालिममा सिताके एग्रोटेक प्रा.लि.का अध्यक्ष दिपक खड्काले सहभागीहरुलाई सिप तथा ज्ञान हस्तान्त्रण गर्ने बताए । सिताके च्याउ हव बनाउने लक्ष्य राखेको नगरपालिकाले योजना बनाएर कार्यक्रमहरु अघि सार्ने र किसानलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएको छ ।

तपाइँको प्रतिक्रिया ।
Close