बुढानीलकण्ठ ‘मेयर कप फुटसल प्रतियोगिता’ को चौथो संस्करण माघ २४ गतेबाट हुने
कपन अनलाइन
काठमाण्डौ ,माघ ८।
“उत्साह, एकता, र शक्ति: खेलकूदमा हाम्रो अद्वितीयता!” भन्ने मुल नाराका साथ चौथो बुढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै छ ।
नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईका अनुसार नगर खेलकुद गतिविधीलाई सक्रिय बनाउने र नगरपालिकामा रहेका खेलाडि तथा क्लबहरुको प्रोत्साहन गर्ने मुल उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
“फुटसल खेलमा सक्रिय रहेका नगरपालिकाको बिभिन्न वडामा रहेका समुहहरुलाई यस प्रतियोगिता मार्फत एकै मैदानमा समेटि खेल माध्यम बाट एकताको भावना सिर्जना गर्ने मुल सोच हो”, उपाध्यक्ष भट्टराईले बताउनुभयो, ” खेल प्रति समर्पित युवाहरुलाई एकबद्द गरी यस नगरपालिकाको एउटा फुटसल टिम तयार गर्दै अन्य स्थानमा आयोजना हुने प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकाको नामबाट सहभागिता जनाई यस नगरको नाम उच्च राख्ने प्रयास गर्न खोजिएको हो ।