दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

अँधेरीमा जूनतारा बन्ने कुरा राम्रो
काँडासँगै पूmल फुल्छ माया पाए तिम्रो
गान्धारी र सीता पनि नारीहरु थिए
समर्पण र त्यागलाई सलाम छ हाम्रो ।

क्षितिजको लालिमाले हेरिराको रैेछ
आकाशको कालिमाले पर्खिराको रैछ
प्रतिक्षाको याम लामो भएर पो हो कि
पूmल्को आशा काँढामा पो फेरिराको रैछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।