दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ ,पुस २७ ।
फलाम जस्तै भ्रष्ट थियो पञ्चे राजतन्त्र
अग्राख जस्तै भ्रष्ट थियो हाम्रो प्रजातन्त्र
सबैसबै तन्त्रहरु चोखा देखिएनन्
बेत जस्तै भ्रष्ट भयो हाम्रो गणतन्त्र
चेतनाका तहसँगै मौलाएका झार
विज्ञान र विचारले सफसुग्गर पार
नयाँ पुस्ता नयाँ ज्ञान अघि अघि बढ्दै
युग हाक्न भ्रष्टलाई गरौँ खबरदार ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।