सन्नी लियोनीले जिस्म २ मा लगाएका लुगा लिलामी गरिने

बलिउड फिल्म इन्डस्ट्रीमा अहिले चर्चाको शिखरमा रहेको नाम हो सन्नी लियोनी । भारतीय मूलकी क्यानेडेली पोर्न स्टार सन्नी लियोनी बिग बोस हुँदै बलिउड सिने क्षेत्रमा प्रवेश गरेकी छिन् । जिस्म २ मा उनको फिल्मी अभिनय देख्न पाइने छ ।

उनले खेलेको फिल्म जिस्म २ मा उनले लगाएका तथा प्रयोग गरेका सम्पूर्ण सामान तथा लुगा लिलामी गरिने भएको छ । फिल्मका निर्देशक महेश भट्टका अनुसार उक्त फिल्मका अन्य कलाकारहरुले प्रयोग गरेका सामान तथा लुगा पनि लिलामी गरिने उनले बताएका छन् ।  निर्देशक भट्टले यी सामान र लुगाको लिलामीबाट उठेको रकम भने दान गरिने बताएका छन् । बलिउड फिल्म इन्डस्ट्रिमा यो एउटा नयाँ प्रयोग भएको उनको दावी छ । यसअघि यस्तो काम कसैले नगरेको उनको दावी छ । यसले फिल्मको प्रमोशन समेत गर्नेछ ।
तपाइँको प्रतिक्रिया ।