राजनीतिक रंगमञ्च : रामपुकार महतो (बिद्रोही)

राजनीतिक रंगमञ्च : रामपुकार महतो (बिद्रोही)

कपन अनलाइन
काठमाडौं, पुस ६।
नेपालको राजनीति, यो कस्तो छ खेल ?
अफ्ठ्यारो समय, अचम्मको मेल ।
कहिले कांग्रेसी झण्डा, कहिले माओवादी गीत,
दलीय भ्रमजालमा जनता परे अनित ।

बनाए भोट माग्न, सपनाको महल,
भोलि तिनै नेता, आफ्नै दुनो छल ।
‘समृद्ध नेपाल’ को नारामा गर्छन् भोज,
जनताको पेटमा भोक, खल्तीमा खोज ।

नेताका भाषण – सुन्ने कि हाँस्ने ?
‘जनताको सेवक’ – नाटक मात्र फाँस्ने ।
अख्तियारले खोज्छ फाइलको सुइँको,
त्यहाँ भित्रै बसेका छन् भ्रष्टाचारको इँट्टो ।

कहिले कम्युनिष्ट, कहिले समाजवादी,
कहिले राष्ट्रवादी, कहिले ‘स्वतन्त्र’ हावादारी ।
नारा ठूला – काम शून्य,
‘गणतन्त्र’ भन्दछन् – तर जनता दुखी र रूना ।

जुलुसमा रडहरू, संसद्’मा कुर्सी,
सिंहदरबार भित्र हुन्छ शक्ति’को प्यासी ।
कति बुझे बुझ्दैन शान्तिको सन्देश,
‘निर्वाचन पछि’ नै सधैँ टुट्छ भरोसाको धागो ।

यो देशमा जनता छ नेताको खेलौना,
‘लोकतन्त्र’ भनेकै हो कुर्सी’को दौड मैदान ।
कसले जित्ला कसले हार्ला,
तर जनता कहिल्यै नपार्ला ।

बालुवाटारको ढोकामा, सत्ताको लडाई,
तर गाउँमा किसान भोकले बिताई ।
सडकको बालक स्कूल जान्छन् सपना,
तर नेताका छोराछोरी विदेश जान्छन् पढ्न ।

“नेपाल” को नाम बेच्दै गर्छन् व्यापार,
गैह्रदेशी सहायता खल्तीमा छ सारा ।
पदकै लागि गर्छन गठबन्धनका नाटक,
तर विकासको मार्ग सधैँ अध्यारो’मा अड्क ।

यो राजनीति कस्तो चलन हो यार ?
धर्म–जातको नाउँ भड्काइन्छ व्यवहार ।
तर जनता भने आ–आफ्नै सुर—
कहिले परिवर्तन आउँछ नेताहरूसँगको दूर ?

अब जनता जागौँ आफ्नै शक्ति बुझौँ,
नेताको पखेटा निल्न छोडौँ ।
आफ्नो देश आफैं बनाऔं गरौं संघर्ष,
यसरी मात्र बदलिन्छ राजनीति’को दश ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।