मातृभूमि र ज्ञान निकेतन च्याम्पियन

मातृभूमि र ज्ञान निकेतन च्याम्पियन
कपन अनलाइन
काठमाण्डौ,पुस २।

आयोजक मातृभूमि र ज्ञान निकेतनले मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । दोहोरो उपाधि जितेको मातृभूमि जुनियर ब्वाइज र सिनियर गल्र्समा पहिलो भयो । ज्ञान निकेतन सिनियर ब्वाइजमा च्याम्पियन बन्यो ।
सानोथिमीस्थित घरेलु कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा मातृभूमिले ज्ञान निकेतनलाई ४८–३७ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा मातृभूमिले इनोभेटिभलाई २०–१८ ले हरायो । सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले बौद्ध इन्टरनेसनलले ५६–४८ ले पाखा लगायो ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनका आशालाल श्रेष्ठ, सिनियर गल्र्समा मातृभूमिकी अध्येता शर्मा र जुनियर ब्वाइजमा मातृभूमिका सक्षम महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा बौद्धका आरोहण बुढा, सिनियर गर्ल्समा  मातृभूमिकी वर्षा कार्की र जुनियर ज्ञान निकेतनका दिप्सन अधिकारी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनका सावर मन्सुर, सिनियर गल्र्समा निस्ट, भक्तपुरकी सुदेशना नेपाल र जुनियर ब्वाइजमा मातृभूमिका प्रसिद्धजंग कार्की उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा जेम्स, सिनियर गल्र्समा श्री सञ्जय साइ विद्या मन्दिर र जुनियर ब्वाइजमा चाणक्य अनुशासित टिम ठहरिए ।

तपाइँको प्रतिक्रिया ।