ठूलो स्वप्नाध्याय सपनाफल विचारमा विवेचना : सदानन्द अभागी (समालोचना)

ठूलो स्वप्नाध्याय सपनाफल विचारमा विवेचना : सदानन्द अभागी (समालोचना)
 कपन अनलाइन
काठमाण्डौ .मंसिर २३ ।
परिचय
ओमप्रकाश अधिकारी माता श्री पदम्कुमारी उपाध्याय र पिता श्री केदारनाथ उपाध्याय अधिकारीका सुपुत्र हुनुहुन्छ । उहाँ रकुवा ५ ओटाङ (हालको बुङ्दीकाली –३) मा जन्मनु भयो र हाल कावासोती नगरपालिका वार्ड नं १६ तीनघरेचोक डण्डामा स्थायी रूपमा बसोबास गर्नु हुन्छ । उहाँ आध्यात्मज्ञानी (थुप्रै धार्मिक कृतिहरूका लेखक सम्पादक), साहित्यकार (कविता, कथा, संस्मरण, आदि), पेशागतरूपमा एक शिक्षक,रुचिको हिसावले पत्रपत्रिका संंकलन अध्ययन वाचानालय स्थापना कर्ता हुनु हुन्छ भाषागतरूमा संस्कृति, नेपाली र हिन्दीको ज्ञाता, सम्लग्नताको हिसावले त्रिवेणी साहित्य प्रतिष्ठानको आजीवन सदस्य,सम्मानको हिसावले नइ कीर्र्तिरत्न(२०७९)ले विभुषित हुनुहुन्छ । उहाँको र मेरो परिचय टेलीफोनबाट २०८१।२।३२मा भए पनि २०८१ । ७ । २४ गते उहाँ मेरो घरमा आउनु भएको थियो । यही अवसरमा केही मिनट वार्तालाप भएर साक्षाकार भएको हो । यस अवसरमा हामीले किताप आदान प्रदान गरेम् । उहाँले मलाई ‘‘ठूलो स्वप्नाध्याय” सपनाफल विचार प्रदान गर्नु भयो भने मैले राम ज्ञवाली द्वारा सिर्जित ‘‘सदानन्दको जीवन कर्म र व्यक्तित्व” र मेरो महाकाव्य ‘‘सिंहवाहिनी” प्रदान गरें । कता कता मलाई साहित्यमा लाग्नुको मुख्य उद्देश्य के होला भन्ने प्रश्न राख्न मन लाग्यो । उहाँले सहजै भन्नु भयो – ‘‘जीवनलाई, सबल, सक्षम र आनन्दित बनाई मानव जीवन प्राप्त भएको गौरव अनुभूति गर्न ।” आजको परिपेक्षमा साहित्यमा लगानी गर्नु उत्पादनहीन हो भनिन्छ । लेख्या,े छापो, विक्री हुँदैन, उपहारमा दिए पनि लानेले पढेर प्रतिकृया दिंदैन, यसमा तपाइँको प्रतिकृया के छ ? मेरो यो जीज्ञाशामा पनि उहाँको प्रतिकृया यसरी आयो – ‘‘ मलाई साहित्यमा लागेर असन्तुष्टी, निराशा, दुःख वा पछुतो केही पनि छैन । मेरो समय अध्ययन अध्यापन, लेखन मनन् मै बिति रहेको छ ।” मलाई लाग्यो बास्तवमा लेखकको काम लेख्ने हो । यसपछि उहाँ साहित्यमा लाग्नु कस्को प्रेरणाबाट हो भनेर मैले प्रश्न राखे । उहाँको छोटो उत्तर थियो ‘‘पिताश्री” ।साहित्यलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनी सोधनी गर्न मन लाग्यो र सोधी पनि हाले । उहाँको धारणा यसरी आयो –‘‘नवोदित÷उदीयमान लेखक साहित्यकारहरूलाई अझ थप हौसला बढाइदिने, कृतिहरू प्रकाशन गर्न चाहानेहरूका लागि सहजी करणा गरिदिने भयो भने साहित्यमा त्यस्ता व्याक्तिहरूलाई थप प्रेरणा प्राप्त हुनेछ ।” उहाँ हतारमा हुनु हुन्थ्यो तर मलाई भने धेरै जानकारी लिने चाहना थियो, पछि भेटहुने सर्तमा हामी विदा भयौं ।
ठूलो सप्नाध्यायलाई अध्ययन गर्ने बिचार पलायो । यस कृतिलाई अध्ययन गर्दा उहाँका स्वलिखित र सम्पादित गरी ५५ ओटा कृतिहरू बजारमा आइसकेका रहेछन् । यिनको विवरण तल दिएको छु ।सपना के हो भनी परिभाषित गर्न सहज छैन । सपना हामी सबैले देख्छौं । यी सपनाको फल पनि मिल्छ। सपना राम्रो फल दिने र नराम्रो फल दिने हुन्छन् । केही विद्वानहरूले यसलाई यसरी परिभाषित गरेका छन् – इरिक सुनी –९भ्चष्अ कगलष्, कतबाा धचष्तभच० र अलेस डिमिट्रियु (ब्भिह म्ष्mष्तचष्ग, एकथअजष्बतचष्कत०ले यसरी परिभाषित गरेका छन् –ब्भिह म्ष्mष्तचष्ग, एकथअजष्बतचष्कत०।(सपनाहरू मानसिक, भावनात्मक, वा संवेदी अनुभवहरू हुन् जुन निद्राको बेलामा हुन्छन्। )
अर्थसरोकार पत्रिकामा २९ आश्विन २०७३मा लेखिएकोछ –‘‘ सपना भनेको मनमा आउने विचार, चित्र, र अनुभूतिहरूको श्रृंखला हो जुन मानिस सुत्दा अनुभव गर्छ। यो प्रायः मानिसका चासो, डर, वा दैनिक जीवनका घटनाहरूसँग सम्बन्धित हुन्छ।”
सदानन्द अभागीले गजलमा सपनालाई यसरी प्रस्तुत गरेका छन् –
सपना त कल्पना हो देख्न सके देख हजुर
भावनाको पोखाइ हो लेख्न सके लेख हजुर
पृष्ठ ४३८, अभागीको प्रेमविहारको षष्ठामृत
अवलोकनीबकत ग्उमबतभमस् ःबच ज्ञछ, द्दण्द्दघ को पत्रिकामा लेखिएको छ – ‘‘सपने वे कहानिया और चित्र होते हैं जो हमारा दिमाग सोते समय बन्ते हैं ।”
माथिका यी परिभाषामा नजिक नजिक पुगे पनि एकरूपता देखिदैन । हामीले सपनाफलको बारेमा भने धेरै लेखहरू पढ्न पाउँछौं । अनुसन्धान कर्ताहरूले धेरै प्रयास गरेको पाएका छौं ती प्रयासलाई ओमप्रकाश अधिकारीले ठूलो स्वप्नाध्यायमा समेट्ने प्रयास गर्नु भएको छ । यो पनि एक अथक प्रयास र खोज हो ।जस्लाई सहज रूपमा लिन सकिदैन । उहाँको प्रयासमा के कति कृति सिर्जना भए त्यसतिर लागौं ।
उहाँका टीकाकार÷सङ्कलन ÷ सम्पादक÷सह लेखन र लेखन कृतिहरूको विवरण – कर्तव्य दर्पण –(मानवधर्म रहस्य दर्शन ), मानवधर्म (पद्यमा पूर्वभाग), ज्ञानरत्नमाला (पद्यमा , उत्तरभाग), धर्मोपदेशमाला (पद्यमा), चाणक्य नीति दर्पण (नेपाली भाषा–टीका श्लोकसहित) तिलक रहस्य दर्पण –तिलक सम्बन्धमा विशद् विवेचना ), संसारदेखि लाग्छ साह्रैउराठ (पद्यमा), दिव्यमधृ (अर्थात मौरीको गुनासो, कवितासङ्ग्रह), सुदामनको कनिका –कवितासङ्ग्रह), गंगामहात्म्य (महिमा नेपालीमा), हिंसक कृषक तुलना –(मासु र हलोको तुलाना), आयुर्वेद सार दर्पण (घरेलु वैद्य, प्रथम भाग), सिद्धगणेशस्तोत्रम् (श्री गणेश स्तोत्रावली) ,बैलोक्यमङ्गल सूर्यस्तोत्र तथा सूर्य उपासना परिचय (सूर्य हात्म्य, नेपालीमा), सरस्वती उपाशना पचिचय एवं पूजाविधि(ने.भा.टीका सहित) स्तोत्र पुष्पाञ्जलि (अति उपयोगी स्तोत्रहरूको सङ्ग्रह) , पञ्चायन स्तोत्राञ्जलि (अति उपयोगी स्तोत्रहरूको सङ्ग्रह, गजेन्द्रमोक्षस्तोत्र (नेपाली भाषा–श्लोक र अर्थ सहित ), चुड्का भजन सङ्ग्रह, श्री कृष्ण चरित्र र हरितालिका माहात्म्य (तीजको गीतको भाकामा), श्रीमद्देवीभागवत नवाह चन्द्रिका (नेपालीमा),गुलाफको पूmल र मौरीहरू (सायरीसङ्ग्रह), कलियुग (हास्य–व्यङ्ग्य) कश्यप÷काश्यप गोत्रीय अधिकारी संक्षिप्त परिचय तथा कुलपूजा विधि (नेपालीमा), अग्निस्थापना पद्धति (नेपाली भाषा–टीका सहित) श्राद्ध पद्धति (नेपाली भाषा–टीका सहित), (साथमा, आफ्ना यजमानका पितृहरूको नामावली लेख्ने, आठ पेजजति खाली पृष्ठ र संक्षिप्त थर गोत्र र प्रवरसहित), अन्त्यक्रिया पद्धति (नेपाली भाषा–टीका सहित) (नेपाल तथा भारतका विशिष्ट विद्वानहरूद्वारा अनुमोदित) चतुर्विंशति रत्न दीपिका (कर्मकाण्ड) मङ्गलचौथी पूजाविधि तथा मालासंस्कारसहित चौबीस थरीका विषयबस्तुहरूकोे सङ्ग्रह), कालसर्पयोग कारण र निवारण –नेपाली भाषा–टीका सहित), वास्तुशान्ति र शिलान्यास विधि – नेपाली भाषा–टीका सहित), शव संस्कारविधि – घाटको कर्म, नेपाली भाषा–टीका सहित), मङ्गलचौथी पूजाविधि ब्रत कथा( नेपाली भाषा–टीका सहित), ऋषिपञ्चमी पूजाविधि ब्रतकथा (नेपाली भाषा–टीका सहित), नारी संध्याविधि , क्षत्रिय सन्ध्याविधि र १०८ गायत्री मन्त्र सङ्ग्रह (दीक्षामन्त्र सहित), गोदान, तुलादान र दशदान पद्धति (नेपाली भाषा–टीका सहित) वटपिप्पल प्रतिष्ठा पद्धति (नेपाली भाषा–टीका सहित), शनिप्रदोष ब्रत (शनित्रयोदशी) पूजाविधि ब्रतकथा( नेपाली भाषा–टीका सहित) सत्यनारायण पूजाविधि ब्रत कथा (नेपाली भाषा–टीका सहित), लक्षवर्ती पूजाविधि ब्रत कथा (नेपाली भाषा–टीका सहित), बालबोधिनी रुद्राभिषेक पद्धति (रुद्री)नवग्रह पूजा तथा शान्ति विधि (नेपाली भाषा–टीका सहित), दुई घन्टे विविह पद्धति (नेपाली भाषा–टीका सहित), ऋषितर्पणी यज्ञोपवीत मन्त्रणा विधि (श्रावणी प्रयोग, नेपाली भाषा–टीका सहित), विश्वकर्मा पूजा पद्धति (नेपाली भाषा–टीका सहित), श्रीयन्त्र पूजन विधि (नेपाली भाषा–टीका सहित), इच्छा अनुसार छोरा या छोरी पाउने तरिका, भूतप्रेतसँग जम्काभेट, केदारनाथ अधिकारीको आत्मवृतान्त, कल्पनाले साँचेको सम्झना (कल्पना अधिकारीको आत्मवृतान्त),बोक्सी के हो ? हुन्छ कि हुँदैन), आँखाको नानीमा तिमी (सायरीसङ्ग्रह) वाराणासीका केही नेपाली प्रकाशकहरूको सङ्क्षिप्त परिचय, सपना–फल विचार (ठूलो), श्रीमद्भागवतगीता (नेपालीमा श्लोक र अर्थ सहित), अष्टाबक्रगीता (नेपाली पद्यानुवादसहित), श्रीशिवगीता (नेपाली पद्यानुवादसहित), जीवनमुक्ति गीता (नेपाली भाषामा अर्थ सहित) ।
कृतिको संरचना – यस कृतिलार्ई दुर्गा साहित्य भण्डार, वाराणसीले प्रकाशन गरेको छ । मूल्य भा.रू ७० राखिएको छ ।पाँचौं संस्करणसम्म प्रकाशित भै सकेको यस कृति ८४ पृष्ठको आकारमा छ । यस कृतिमा कसैको भूमिका छैन । स्वयम् सम्पादकले ‘सानो पूस्तकको थोरै भनाइ’ शीर्षकमा पाठकको चाहनाअनसुारको यो स्वप्नाध्याय (सपना फल विचार) प्रस्तुत गरिएको भन्ने धारणा राख्नु भएको छ । यसमा मुख्य १५ शीर्षहरू छन् । १४ शीर्षक (केही उपयोगी विचारहरू) मा ११ उपशीर्षक पनि समावेश गरिएका छन् ।
ठूलो स्वप्नाध्याय –यस अध्यायमा ७६ श्लोक छन् । यी श्लोकका भावसार (साभारसार) यस प्रकार छन् –नन्दबाबा र श्रीकृष्ण बीच स्वप्न सम्बन्धमा वार्तालाप हुन्छ । नन्दबाबाले निन्द्रामा देखेका स्वप्नाले कस्तो फल दिन्छ भनी मधुसूदन (कृष्ण)सँगसोधनी गर्दा भगवान कृष्णले स्वप्नको बारेमा सामवेदको काण्वशाखामा राम्रो वर्णन गरिएको छ । यसमा उल्लेख गरिएको स्वप्नमा रात्रीको पहिलो प्रहरमा देखिएको स्वप्नाको फल एकवर्षमा पाइन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुने, तेस्रो प्रहरको फल ३ महिना र चौथो प्रह्रमा देखिएको फल १५ दिनभित्रमा मिल्छ । अरुणोदयमा स्वप्न देखेको फल एकै दिनमा प्राप्त हुने । स्वप्न देखेर निदाउन नहुने, दिनमा मनमा आएका तर्क वितर्क र रोग चिन्तमा गाडिएकाको सपनाको फल भने प्राप्त हुँदैन । यसरी नै सपना देखेर सुत्न नहुने,राती नै कसैलार्ई भन्न नहुने, काश्यप गोत्रका व्यक्तिलार्ई सुनाउन नहुने सुनाए आपत्ति पाउने, फल प्राप्त नहुने ।
सपनाहरू थरीथरीका देखिन्छन । सबै सपनाको राम्रो या नराम्रो फलप्राप्त हुँदैन । कृष्ण भगवान भन्नु हुन्छ कि होसहराएको, साह्रै डराएको, दिशा–पिसापले च्यापेको,नाङ्गै सुतेको, वा कपाल फुकाएर सुतेको अवस्थामा देखिएको सपनाको कुनै फल हुँदैन । राम्रो सपना त देखियो तर सपना देखेपछि सुतेको खण्डमा पनि फल प्राप्त हुँदैन । काश्यप र कश्यप गोत्र एकै हुन भने सपना सुनाउन नहुने तर यी गोत्र फरक भएमा काश्यप गोत्रीलार्ई सपना देखेको सुनाउन नहुने, सुनाइयो भने आपप्ति पाउन सक्ने । दुर्गतितिर लागेको व्यक्ति साथै नीचलार्ई सुनाएको खण्डमा रोग लाग्ने, शत्रुलाई सुनाएमा भयप्राप्त हुने, मूर्खलार्ई सुनाए विवाद हुने, नारीलार्ई सुनाए धन हानी हुने, रात्रीमा सुनाए चोरको डरहुने, राम्रो सपना देखेर सुतेमा चिन्तामा पर्न सक्ने यस्तो अवस्थामा काश्यपगोत्रीका बाहेक पण्डितलाई सुनाए इच्छित काम बन्ने धारणा कृष्णजीले नन्दबाबालाई सुनाएपछि पुन कृष्णजीले नन्दबाबालाई स्वप्नाको फल यसरी बताउनु हुन्छ –सपनामा हात्ती, घोडा, गाई, पर्वत, दरबार, देवल, रुखमा चढ्नु तथा त्यही बसेर केही खानु, रोयको देख्नु, धन बाँडेको देख्नु, हातमा वीणा लिएको देखेमा भूमिलाभ हुने । यसरी नै सपनामा शस्त्र अश्त्रले चोट लाग्नु, कीरा पर्नु, झडा लाग्नु वा रगत–मासी पर्नु वा रगतमा मुच्छिएको देखे त्यसलाई धनलाभ हुने । अगम्यमा गमनगर्दा राम्री स्वास्नी पाउने, पिशाव शरीरमा छरे, आफ्नो वा अरुको वीर्य खायमा वा मलमूत्रमा गाडिएमा, रत्नयुक्त शहरमा प्रवेश गरेमा, समुद्रभित्र प्रवेश गरेमा, मदिरापान गरेको सपना देखे र।म्रा कुरा सुनिने र प्रशस्त धनलाभ हुने । यसरी नै सपनामा सुन, गोरु, गाई, हात्ती, अन्न, बत्ती, कन्या, फलपूmल रथ ध्वजा, छात्ता, यत्ति (सन्यासी) देखेमा पविार बढ्ने, यश–कीर्ति फैलिने,यदि सपनामा जलले भरिएको घडा, ब्राह्मण, बल्दोआगो, पूmल, उत्तम घर, सेतो धान, नटुल, वेश्या देखेमा धनलाभ हुने । सपनामा गाई, घ्यू दूध, नर, वेश्या देखिएमा पुण्य–कार्य सम्भव छ, यसमा इच्छितकार्य सफल हुने र धनलाभ पनि सम्भव छ । सपनामा कमलको पातमा पायस, दही, घिउ, केही मिष्ठान्न आदि नदी किनारमा बसेर खाएको देखेमा राजासमान पूज्य र प्रतिष्ठित हुनेछ । सपनामा मानिस या पंक्षीको मासु जस्ले देख्ला, सुभसमाचार सुन्ने र इच्छा गरेको उत्तम फल प्राप्त गर्ला । सपनामा आपूm सरदार भएर सेना पछि लगाइ हिड्छ भने त्यो विपनामा पनि त्यस्तै हुनेछ र फलपूmल लागेको वृक्ष देखेमा इच्छाएको द्रव्य प्राप्त गर्द छ । सपनामा सर्पले टोके अकस्मात धनलाभ ह्ने र चन्द्र–सूर्य देखेमा कठिन रोगबाट मुक्त हुने । सपनामा क¥याङकुरुङ्को पोथी, घोडा कु्खुरी आदि, देख्दा राम्री श्रीमती प्राप्त गर्ने । सपनामा झ्यालखानामा परेको देखे ठूलो प्रतिष्ठा र उत्तम छोरो पाउने छ । नदीकिनारमा बसेर दही–भात, खीर खायो वा फाटेको भए पनि कमल–पत्र देख्न पायो भने त्यो राजा वा राजा समान प्रतिष्ठा पाउने छ । सपनामा जुका, सर्प, बिच्छी देखेमा धन पुत्र, विजय प्रतिष्ठा पाउने छ । दाह्राभएको सुँगुर, सीङ्हुने जानवर, वानरले कष्ट दिएको सपना देखेम ाअकस्मात धन प्राप्त गरी राजा वा उच्च पदमा आसीन पनि हुनसक्ला । सपनामा माछा, मासु, मोती, शङ्ख, श्रीखण्ड, हीरा देख्छ वा पाउँछ भने इच्छित सम्पत्ति अनायास प्राप्त गर्नेछ । सपनामा रक्सी, रगत, सुवर्ण र विष्ठा देखेमा अवस्यमेव धन पाउनेछ । देवप्रतिमा वा शिवलिङ्ग देखेमा विजय र धनलाभ हुनेछ । सपनामा वेलको वृक्ष फलेपूmलेको र आँपको वृक्ष देखिएमा अकस्मात धन पाउला, बल्दो आगो देखेमा धन, बल, बुद्धि र ऐश्वर्य सहजै पाउनेछ । सपनामा आमलाको दाना, लप्सी, रातो कमल–पूmल देख्यो भने धन र देवता, विप्र, गाई, पितृ योगीजनले जे दिन्छन् विपनामा पनि त्यही प्राप्त हुनेछ । सपनामा सेतो वस्त्र पहिरेको, माला पनि सेतो धारण गरेको स्त्रीजनले अङ्कमाल गरेको देखिएमा लक्ष्मी प्राप्त हुने र सबैबाट सुखशान्ति प्राप्त हुनेछ । सपनामा पहेंलो माला र पहेंलो वस्त्र, गहना, चन्दन लगाएकी नारीले अंकमाल गरेमा सबैबाट कल्याण हुनेछ । यदि सपनामा सेतो बस्तु जस्तै खरानी हाड लगायत सबै सेतो बस्तु कपासबाहेक देखेमा लाभदायक हुने । यदि सपनामा लुगा कपडा लगायकी नारी तथा विप्र (ब्राह्मण)हरू हाँस्दै घरमा पसेको देखेमा जे चिताए पनि प्राप्त हुन्छ । यदि सपनामा, देवता, ब्राह्मण देवकन्या, ब्राह्मणीहरूले जस्लाई जेफल दिन्छन् त्यसलाई गुणी सन्तान हुनेछ । कृष्णजीले नन्दबाबालाई सम्बोधन गर्दै भन्नुहुन्छ – यदि सपनामा ब्राह्मणले आशीर्वाद दिए त्यसको ठूलो सम्मान हुनेछर पद–पदमा सुखप्राप्त हुनेछ । सपनामा गाई पाएकोमा त्यसलाई भूमि र उत्तम पतिब्रता नारी प्राप्त हुने छ । सपनामा हात्तीका सूँढले उचालेर आफ्नो मस्तष्कमा बसाल्यो भने निश्चय राज्य प्राप्त हुनेछ । सपनामा प्रसन्न भएका ब्रह्मणले अङ्कमाल गरेमा तीर्थस्नान र धनागमन हुनेछ । सपनामा पुण्यात्म व्यक्तिलाई ब्राह्मणले पूmल दिएमा विजय प्राप्ति हुनेछ साथै धनी तथा तीर्थ स्नान गर्न पाउने छ । तीर्थमहल धन–रत्न सपनामा देखिएमा जयलाभ, धनवान र तीर्थाटन गर्न पाउने छ । जलपूर्णघडा दिएको सपना देखिएमा धन र उत्तमपुत्र प्राप्ति हुन्छ । उत्तम गहना राम्रा बस्त्र पहिरेकी नारी हातमा पाथी लिएर जस्को घरमा प्रवेश गर्दछे त्यस घरमा लक्ष्मी प्रवेश भएर सुखी हुनेछ । यसरी नै जस्को घरमा राम्री नारी आएर दिसा पिशाव गरेर जानेछ त्यसको धनसम्पत्ती अकास्मात बढ्यो भन्ने जान्नु । जुन घरमा ब्राह्मण ब्राह्मणी आएको देखिन्छन् त्यसले सपनामै शिव– पार्वती वा लक्ष्मी – नारायण आएको जान्नु । त्यहाँ धनागमन होला ।सपनामा ब्राह्मण –ब्राह्मणी मध्ये एउटाले धान या अञ्जलिभरी पूmल दिए भने त्यसलाई लक्ष्मी प्राप्त हुन्छिन् र सुख होला । यदि ब्राह्मणले सपनामा मोतीको हार , पूmलको माला, श्रीखण्ड,चन्दन दिएमा त्यो व्यक्ति धनी हुनेछ र सुख शान्ती प्राप्त हुनेछ । गोरोचन (पहेंला र सुगन्धी डाँठहुने तथा घोटेर चन्दन बनाइने एककिसिमको बुटी), पताका तथा हर्दी , उखु सपनामा पाउँछ भने चारैतर्फबाट सुख र धनको प्राप्ति हुनेछ । सपनामा ब्राह्मण या ब्राह्मणीले छाता ओढाइदिने या सेतो पूmलको माला शिरमा लगाइ दिए वा शरीरमा ओढाइदिए त्यो व्यक्ति राजा हुनेछ । सपनामा ेितो पूmलको माला लगाएर रथमा बसी दही वा पायस खाएमा त्यो व्यक्ति राजा बन्छ, शंका छैन । ब्राह्मण्म या ब्राह्मणीले सफापात्रमा राखी दूध दही दिन्छन् त्यो व्यक्ति राजा हुनेछ भन्ने जान्नु, यदि यस्तो सपनादेखेमा प्रतापी होला धन, भूमि, छोराछोरी पाउला, पण्डित वा ठूलो धनाड्य होला अथवा राजा होला । सुन्दरी नारी जस्ले रङ्गीचङ्गी कपडा लगाएकी हुन्छे र कसैप्रति प्रसन्न हुन्छे त्यो व्यक्ति कवि वा पण्डित हुन्छ । त्यस्ती स्त्रीले पुस्तक दिन्छे त्यो लोकमा ठूलो पण्डित हुन्छ र कवि पनि हुन्छ । जुन व्यक्तिलाई राम्री स्त्रीले आफ्नो पुत्रलाई पढाए झै पढाउँछे भने ऊ सरस्वतीकै पुत्र ठहर्छ र त्यो जति ठूलो पण्डित कोही हुँदैन । यसरी नै कुनै विप्रले छोरोलाई झै पढाएमा ठूलो पण्डित हुने छ । सपनामा बाटोमा कुनै व्यक्तिबाट पुस्तक प्राप्त गरेमा त्यो ठूलो पण्डित होला र प्रख्याती कमाउला । सपनामा ब्राह्मण या ब्राह्मणी जस्ले भए नि कुनै देवताको मन्त्र सुनाएमा त्यो व्यक्ति ज्ञानी धनी गुणवान, बुद्धिमान र यशस्वी हुनेछ । सपनामा जसलाई मन्त्र दियो या शिला ढुङ्गाको प्रतिमा दियो भने त्यसले जपेको मन्त्र सिद्ध हुन्छ । जस्ले सपनामा विप्र वा ब्राह्मण समूहलाई नमस्कार गरी अशीर्वाद पाएमा त्यो ठूलो भूपति वा विख्यात पण्डित हुन सक्छ । यदि सपनामास्वेत–पुष्प विछाएको भूमि ब्राह्मण प्रसन्न भएर जस्लाई दिन्छ त्यो व्यक्ति राजा हुन्छ । यदि सपनामा विज्ञब्राह्मणले अनेक थरिका स्वर्ग निर्माण गरी रथमा बसालेर देखाएमा चिरञ्जी भई प्रसिद्ध धनी होला । ब्राह्मण या ब्राह्मणीले विधिपूर्वक कन्यादान गरेर दिएमा त्यो व्यक्ति धनी वा कुनै देशको राजा पनि हुन सक्छ । सपनामा नदी, तलाउ, गङ्गा, समुद्र, नदी, सेतो सर्प, सेतो पर्वत देख्यो भने अकस्मात धन पाउने छ। सपनामा आपूm मरेमो देख्दा आयु बढ्ने, निरोगीले रोगीलाई देखे दुखी हुने र सुखीलाई देख्यो भने स्वयम् सुखी हुनेछ । यदि सपनामा कुनै नारीले मेरो स्वामी बन भनेमा त्यो पुरुष अवस्य राजा बन्नेछ । सपनामा स्फटिकको माला लिएकी कन्याकुमारीलाई देख्यो वा इन्द्रेणीमा सेतो मेघ देख्यो भने त्यलिे प्रतिष्ठा पाउने र कीर्ति बढ्ने । सपनामा जसलाई ब्राह्मण आएर ‘तँ मेरो दास भइस्’ भने त्यसले नारायणको दास र उनको भक्ति पाउने र पछि त्यो वैष्णव पनि हुनेछ । सपनामा ब्राह्मण देखे नारायण वा महादेव भन्ने जान्नू, ब्राह्मणी देखे पार्वती वा लक्ष्मी भनी जान्नु, सेतोवस्त्र पहेरीकी नारी देखे गायत्रीवा गङ्गा अथवा सरस्वतीको दर्शन भएको बुझ्नु पर्दछ । सपनामा यदि गोपिनीको पोशाक पहिरेकी कन्या देखेमा राधीका भनी जानू, त्यस्तै बालक देखे बालगोपालको अनुमन गर्नू भन्ने कुरा सपनाका ज्ञाताहरूले बताएका छन् । यति कुरा भनीसकेर श्रीकृष्णले नन्दबाबालाई ‘हेनन्दबाबा पुण्य बढाउने अनेक सपनाको सविषयमा मैले सुनाएँ, अब तपार्र्इँलाई के सुन्ने क्ष्च्छा छ भन्नुहवस्, म सुनाउँछु ।’ यसरी ब्रह्मवैवर्ते महापुराणको शुभस्वप्न दर्शन समप्त हुन्छ । यहाँ ६८,६९,७०, ७१,७२, ७३ श्लोक दोहोरिएका छन् । सारसंक्षेप भने पनि मैले साभारकै रूपमा यहाँ प्रस्तुत गरेको छु ।
अशुभ स्वप्न विचार– अशुभ स्वप्न विचार ५९ श्लोकमा प्रस्तुत गरिएका छन् । यिनको पनि भावसार (साभारसार) यसप्रकार छन् । यसमा पनि नन्दबाबा र श्रीकृष्णबीच अशुभ सपना सम्बन्धमा सवाल जवाफ हुन्छ । नन्दबाबाले शुभ सपनाको सबै फल सुनीसकेको र नजाति सपनाको बारेमा जानकारी लिन चाहान्छु भनेपछि कृष्णजीले भन्नुहुन्छ – सपनामा हाँस्नु, विवाह भएको देख्नु नाचगान गर्नु जस्तो देख्छ आपूm वा अन्यलाई विपत्ति पर्नेछ । दाँत फुक्लेको वा हल्लेको देख्दा पीडा र धननाश हुन्छ । अङ्गमा तेल घसेर भैंसीमाथि चढेर दक्षिणतिर जान्छ त्यसको मृत्यु शीघ्र हुनेछ । यसमा शङ्का छैन । सपनामा चूर्ण, जपापुष्प, अशोक पुष्प, करवीर पुष्प, तिलको तेल नून इत्यादि देख्छ त्यसलाई विपत्ति आइलाग्छ । नाङ्गी स्त्री, काली नारी, नाक काटिएकी स्त्री सुद्रकी विधवा र खप्पर देखेमा शोक पर्ने । सपनामा रिसाएको विप्र देख्छ त्यसको घरबाट लक्ष्मी निस्कन्छिन् र अनेक थरीका विपत्तिहरू आइपर्छन् । रातो गुराँसको पूmल पूmलेको, पलाँश, कपास सेतो वस्त्र सपनामा देख्दा दुखपाइने । कालो पोशाक लाएकी र हाँसेकी वा गाना गाएकी नारी अथवा काली स्त्री, विधवा सपनामा देखापरी भने त्यो मानिस ६ महिनाभित्र मर्ने छ । सपनामा देवताले नाच–गान हाँसी–ठट्टा गर्दै उफ्रेको वा दकुरेको देखेमा त्यसको देश तत्काल शत्रुले जितेर लिनेछन् । यदि निद्राले लठ्ठ परेको वेला दिसा–पिसाव, उल्टी, वीर्य, चाँदी, सून देखो भने त्यो मानिस दश महिना बाँच्दछ भन्ने जान्नु । कालो वस्त्र पहिरेकी, कालै माला चन्दन लगाएकी स्त्रीलाई अङ्कमाल ग¥यो भने त्यसको मृत्यु शीघ्र हुनेछ । यदि सपनामा मृगको बच्चा मरेको वा मनुष्यको खप्पर र हाडको माला पायो भने त्यसलई ठूलो विपत्ति पर्ने छ । सपनामा दूध, दही, मखन, शक्खरले मर्दन गरेको देखियो भने ठूलो पीडा हुने । सपनामा उट र गधा जोतिएको रथमा नो एक्लै बस्दछ अथवा त्यस्मै बसेर निद्रा खुल्यो भने त्यो भयङ्कर दुर्घटना भएर मर्नेछ । सपनामा रातो पोसाक, रातो चन्दन, लगायकी नारीलाई अङकमाल हाल्यो भने त्यसलाई भयङ्कर रोग लाग्ला । आफ्नै रौं नङ, भूमिमा खसेको देख्छ अंङ्गार देख्छ खरानीले भरिएको चिता देख्छ त्यो व्यक्ति छिटै नै मृत्युमा प्राप्त होला । श्मशानका काठ, तृर्ण, फलाम झारपात वा कालो मसी सपनामा देख्यो भने निकै कष्ट पाउने छ । सपनामा खराउ, फलक भयानक रक्तपुष्पको तथा माला, मास–मुगी, देख्यो भने त्यसलाई कतै घाउ–चोट लाग्ला । यदि सपनाकमा गिद्ध, काग, भालू, बाँदर, विष, पीप देहको मयल देखेमा सबै रोग डाक्ने कारणा जान्नु । सपनामा फुटेको पात्र, घाउ चोट लागेको शूद्र, रातो बस्त्र लगाएको रोगी,सन्यासी, बँदेल, भैंसी, गदहा देखेमा निकै कष्ट पाउला । सपनामा घोर अन्धकार तथा डरलाग्दो मुर्दा उठेर आएको वा सपनामा लिङ्ग योनी देख्यो भने अवस्य रोगाउला । यदि सपनामा नराम्रो भेषधारी म्लेच्छ देखियो वा डरलाग्दो यमराजको दूत देखियो भने, हातमा पाश (पाशो) लिएको वा शस्त्राश्त्र देखियो भने त्यो मानिस ६ महिनाभित्र मर्नेछ । रिसाएको ब्राह्मण, तिनको कुमार वा कन्याले आफ्ना सन्तान घरबाट निकाले भने थरी थरीका दुःख भोग्ला । कालो पूmलको माला वा केवल कालो पूmल रातमा डोरी र शस्त्र लिएको मुसलमान देखियो भने त्यो मानिस छिटै मर्नेछ । सपनामा यदि बाजा बजाएको नाच–गान गरेको, रातो पोशाक लगाएको र मृदङ्ग बजाएको देख्यो भने कष्ट पाउने छ । सपनामा प्राण क्षाडिसकेको देखेमा मृत्यु हुने, मत्स्यादि धारणा गरेको देखेमा भाइ छोराको मृत्यु हुने । सपनामा छिन्न भएको, कबन्ध तथा विकृत आकारको अगाडी आएर वेगले नाच्न लाग्यो भने त्यो व्यक्ति तीन महिना भित्र नै मर्ने छ । यदि सपनामा जीवित या मरेको कुनै डरलाग्दो मुसलमानले अङ्कमाल ग¥यो भने त्यस व्याक्तिको एकसालभित्रै दुर्घटनामा मृत्यु हुने छ । दाँत फुक्लिएको, रौं झरेको देखेमा धनहानी हुने र शरीरमा अनेक कष्ट हुने । यदि दाह्रा भएको बँदेल, सीङ हुने जानवर या राँगो आदिले बालकहरुलाई डराएर उपद्रव गर्छ भने त्यसलाई राजाको निकै डरहुन्छ । भुस , छुरा, रक्त, अंगार, खरानी आदि वृष्टि भएको सपना देखिन्छ भने कष्ट भोग्नु पर्छ ।, सपनामा घर, रथ, पर्वत, वृक्ष, घोडा हात्ती आकाशबाट भूमिमा खसेको देखिन्छ भन अनेक थरीको आपत्ति आइलाग्छ । कसैको शिरको छाता कुनै बलवान्ले खोसेर लग्यो भने त्यसको पिताको वा गुरुको नाश हुन्छ । सपनामा बाच्छोसहितको गाई कराएर घरबाट भागेको देख्यो भने घरकी लक्ष्मी र भूमि पनि हातबाट खस्ने छ । यमदूत तथा मुसलमानहरूले जस्लाई पास या डोरीले बाँधेर तान्दै लग्यो भने त्यसको चाँडै मृत्यु हुन्छ । ब्रामण –ब्रामणी रिसायर श्राप दिएमा त्यो विपत्तिमा पर्छ । शत्रु, कुकुर, काग, भालु ,वेगसित आइ टोक्छ त्यसको मृत्यु शीघ्र हुन्छ । भालु भैंसी, ऊँट, सुँगुर। गदाहा यी रिसायर पछि लखेट्छन् ,त्यो व्यक्ति, अवस्य रोगाउँछ । अशुभ सपना देखेमा रक्तचन्दन घ्यूमा मुछेर गायत्रीले हजार आहुती दियो भने शान्ति हुन्छ । मधुसूदनको नाम एकहजार भक्ति पूर्वक जप गरेमा अशुभ सपनाले पनि सुख दिने हुन्छ । अच्युत, केशव, विष्णु, हरि, सत्य, हंस र नारायण यी आठनाम कल्याणा कारका छन् । जसले पूर्व फर्केर आफ्नो नित्यकर्म समाप्त गरी यी माथिका नाम १०८ पटक जप गर्दछ भने ती पाप रहित भएर दुस्वप्न नष्ट पारी शुभ फल पाउँछन् । यी दशनाम पूर्वतिर फर्की पवित्र भएर श्रद्धायुक्त मनले जप गर्दछ भने ती व्यक्ति पापमुक्त भएर घटिया सपना बाट पनि शुभ फल पाउन सक्ने छन् । यी कल्याण कारक १० नाम १०८ पटक दिनहुँ जपेमा त्यसका देहबाट रोग पलायन हुनेछन् । १० नाम एकलाख जपगर्दा बन्धनबाट मुक्त, बाँझी नारीले दशलाख नाम जपे, सन्तानयुक्त हुने, पवित्र भएर हविष्य(पवित्र) भोजन गरी दशलाख जप्न सके मानिस सुखी र धनवान हुनेछ । यी दशनाम एककरोड पटक जपे जीवन–मुक्त हुने इच्छित सबै सिद्धि पाई देह त्यागेर नारायण लोकमा बस्न पाउने छ । शिव, दुर्गा, गणपति, स्वामी कार्तिकेय, धर्म गङ्गा, राधा, दक्ष्मी, तुलसी र सरस्वती, दशनामलाई जलमा स्नान गरी जसले जप गर्दछ त्यसले मनमा चिताएको फल पाउँछ र घटिया सपना पनि सुखद बन्न सक्दछन् ।ॐह्रींक्रीं पूर्वदुर्गति नाशिन्यै महामायायै स्वाहा यो सत्र अक्षरको मन्त्र संसारको कल्पवृक्ष समान छ । पवित्र भएर दश पल्टमन्त्र जपे पनि घटियाँ सपनाले घटिया सपनाले उत्तम फल दिने हुन्छ । त्यसै गरी सयलाख जपग¥यो भने साधकको मन्त्र सिद्ध हुन्छ ।त्यस सिद्धमन्त्रले इच्छित सबै सिद्धि प्रदान गर्दछ । ॐनमो मृत्युञ्जयाय स्पाहा यो दश अक्षरको मन्त्र एकलाख जपगरे आपूm सपनामा मरेको देखे पनि त्यो व्यक्ति पूर्ण आयुसम्म जीवित रहने छ ।
जाति नजाति सपना सुनाउने विधि – उत्तम सपना देखेपछि जागा रहने,स्नान गरी पवित्र हुने, पूर्व या उत्तरतिर फर्केर पण्डितलाई सुनाउने । काश्पगोत्र हुने, नीचकर्म गर्ने, या नीच जातिको व्यक्ति, देवता ब्राह्मण धर्मशास्त्रको निन्दा गर्ने या द्रोहगर्ने व्क्तिलाई सुनाउन नह्ुने । भनेजस्ता विद्वान प्राप्त नभएमा ज्योतिषी, ब्राह्मण, पितृसंस्थान, शिवालयमा गएर देवता अथवा आफ्ना मान्ने मानिस या हितैसी मित्रलाई सुनाउनु । भगवान श्रीकृष्णले नन्दबाबालाई सकलपाप नाश गर्ने, धन जल र आयुष्य बढाउने सबै संक्षेपमा विन्ति गरिसकेको र अब हजुरको के सुन्ने इच्छा छ भन्नुहवस्, म विस्तारले सुनाउने छु । यसरी ब्रह्मवैवैते दुःस्वप्नदर्शनंन नाम भाषा समाप्त भएको छ ।
यस स्वप्न बिचारले मानिसमा उब्जाउने जिज्ञाशा, कौतुहल्तालाई प्रष्ट पार्दछ ।
कवि शिखरनाथ सुवेदीद्वारा लिखित स्वप्नफल सम्बन्धमा–
यस कृतिमा कवि शिखरनाथ सुवेदीद्वारा लिखित स्वप्नफल पनि समावेश गरिएको छ । ४ हरफका ४४ ओटा श्लोकहरू छन् ती श्लोकले पनि ठूलो स्वप्नाध्ययले दर्शाएका फल नै मिल्दाजुल्दा देखिन्छन् केही उदाहरण यसप्रकार लिन सकिन्छ –
स्वप्नाध्याय जति देखियो उती सबै,् पैला प्रहरमा भए
सालभर्मा फल मिल्छ आठ महिना, दोस्रो परहरमा भए ।
तेस्रो तीन महिना छ एक महिना, चौथो प्रहरमा भए
रातको चार घडि बाँकिमा छ दश दिन् त्यै बख्त वीहान भए ।
श्लोक २
ठूलो स्वप्नाध्ययको श्लोक ५ र ६ को भावशारसँग तुलना गरेर हेरौं –
यसमा उल्लेख गरिएको स्वप्नमा रात्रीको पहिलो प्रहरमा देखिएको स्वप्नाको फल एकवर्षमा पाइन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुने, तेस्रो प्रहरको फल ३ महिना र चौथो प्रह्रमा देखिएको फल १५ दिनभित्रमा मिल्छ । अरुणोदयमा स्वप्न देखेको फल एकै दिनमा प्राप्त हुन । यी दुबै स्वप्न विचारमा मिल्दा जुल्दा पाइन्छन् । दुबैको अध्यन गर्दा शुभ र अशुभ सपनाको बारेमा राम्रो ज्ञान हु्न्छ । अशुभ सपना देखेपनि शुभ फल पाउन सकिने (शान्ति गर्नु भगवानको नाम जप्नु जस्ता) उपाय यहाँ दर्शाइएका छन् ।
केही अशुभ सपनाहरू– यहाँ केही स्वप्न र तिनको फलप्राप्ति दर्शाइएको छ – जस्तै कपास देखे हानी हुने, पुलिस देखे विपत्ति पर्ने, तेल देखे रोग लाग्ने, आदि
अन्य केही अशुभ सपनाहरू– यहाँ कुन सपना देख्दा कुन रोगबाट मृत्यु हुन्छ भन्ने विवरण पनि दिइएको छ जस्तै मानिस स्वप्नमा कुकुर गधा या उँट चढेर दक्षिणशिातिर गयो भने टी.वी.रोगले मर्छ । सपनामा नाङ्गो भएर शरीरभरी घिउ वा तेल लगाएर अथवा नबलेको आगोमा हवन गरेको देख्नु वा छातीमा कमल उम्रेको देखेको खण्डमा कुष्ठ भएर मर्छ आदि ।
कुन सपना देख्दा कस्तो फल मिल्छ – यो विश्वास गरिन्छ कि सपनाले भविष्यमा हुने घटनाक्रमलाई अग्रिम संकेत गर्दछ । सपनाका बारेमा हाम्रा धर्मा ग्रन्थले दिएको मार्गदर्शनलाई अनुकरण गरेको खण्डमा सपनाफललाई सफलरूपमा कार्यन्वयन गर्न सकेमा निश्चय पनि सुन्दर जीवन बिताउन सकिन्छ । हाम्रा पुराणहरू जस्तै अग्निपुराण, वाल्मीकि रामायण आदिमा सपनाको बारेमा थुप्रै जानकारी दिइएको पाइन्छ । यस शीर्षकमा ओमप्रकाश अधिकारी ‘वेफुर्सदी’ ले सपना र तिनको फल भनी २७५ ओटा विवरण दिनु भएको छ । हेरौं केही उदाहरणहरू–आँखामा गाजल लगाएको सपना देखे शारीरिक कष्ट भोगिने । गोवर देखे पशुपालनमा लाभ, मासु देख्नु आकस्मिक धन लाभ हुनु, पर्खाल देखे सम्मान बढ्नु ,अलि अलि वादल लागेको देखेमा रोगबाट मुक्ति पाइनु, सपनामा योगी, महात्मा वा सिद्ध पुरुष देखियो भने चिताएको वस्तु प्राप्त हुनेछ ।
सपनाका केही शुभ–अशुभ फल– यस शीर्षकमा तीस ओटा शब्दको सपनाफल दिएको छ । कहिले काँही सपनामा आगो देख्छम् केरा देख्छम् । तिनको सपनापल कस्तो हुन्छ भन्ने सपनाफल यसरी प्रष्ट पारिएको छ । सपनामा केरा खाएको देखे सन्तान प्राप्ति हुने , सपनामा राम्रो गहना र कपडा लगाएकी हातमा पाथी लिएर घरभित्र प्रवेश गरेको देखेमा लक्ष्मी प्राप्त हुने, सपनामा बाजा बजाएर नाच गान गरे ठूलो कष्ट पाउने आदि सपना फल यहाँ दर्शाइएको छ ।
सपनाको फल बिचार –यस शीर्षकमा पनि तिनै विचारहरूआएका छन् जुन बिचार ठूलो स्वप्नाध्यायमा उल्लेखित छन् तापनि थप प्रष्ट पार्ने प्रयास गरिएको छ । जस्तै दिनमा देखिएको सपना महत्व हीन हुन्छ । उत्तम सपना देख्दा ननिदाउने तर नराम्रो सपना देख्दा निदाउनु राम्रो हुने । सबैले देखेका सपना फलदायी हुन्छन् भन्ने छैन । जस्तै बृद्ध, बिमारी, होश हराएको, डराएको, दिसा पिसाबले च्यापेको, केश फिँजाएर वा निर्वस्त्र भई निदाएको वेलाको सपना निस्फल हुन्छ भन्ने धारणाहरू आएका छन् ।
सपनाले स्वास्थलाई प्रभावित पार्छ –यस विषयमा यस शीर्षकमा लेखिएका कुरामा जानु भन्दा पहिला मेरो अनुभवमा यदि लामो सपना देखेमा, सपनामा कुस्ताकुस्ती परेमा या सपनामा लामो यात्रा गरेमा, सपनामा राती कुनै रतिकृडा गरेमा अथवा सपना देख्दै उठ्दै सुत्दै गर्दाको विहान उठ्दा आलस्य महसूस हुन्छ । अब यस लेखमा लेखिएको विवरणलाई सारतिर लागौं । सन् १८६१मा ए मोरे नामक व्यक्तिले सपनाको रहस्यलाई वैज्ञानिक ढंगबाट विश्लेषण गरेको धारणा, २० सौं शताव्दीमा सिग्मण्ड फ्रायाडले एनालिसिस अफ ड्रिम्स पुस्तक लेखेर भनेका थिए– ‘‘मानिस सपनाको माध्यमबाट मुख्यरूपले आफ्नै अतृप्त यौन कामना पुरा गर्दछन् ।” यसलाई अल्फ्रेड एल्डरले अतृप्त यौन कामना मात्र पुरा गर्दैन यसले धन, शक्ति, सत्ता, र लोक प्रियता प्राप्त गर्नुसँग पनि सम्बन्ध राख्छ भन्ने धारणा, कार्लयुगले समाज शिक्षा, प्रतृकता, देश, काल रपरिस्थितिसँग पनि सपनाको सम्बन्ध राख्ने र नक्षत्र, ग्रह आदिले पनि प्रभाव पर्ने धारणा आएका छन् । १९५३ मा मनोवैज्ञानिक हाललेको भनाइ अनुसार ‘‘सोही जव हामी केही सोच्दछौं तब त्यसको निष्कर्षको रूपमा एक विचार उत्पन्न हुन्छ । जागृत अवस्थामा यो विचार हाम्रो दिमागमा शब्द समूहको रूपमा घुम्ने गर्दछन् भने सुतेको वेला सोही विचार शब्दको बदला दृश्यको रूपमा देख्ने गर्दछौं ।” कोई जे एलेनले लेखेको किताप द क्यामेष्ट्री अफ कन्सस स्ट्रृट्समा मानिसको निद्रा र जागृत अवस्थामा तन्त्रिका (नशा) ले नार एपिनेफ्रिन रसायनको उत्पादन गर्दछन् । जब हाम्रो मस्तिष्कमा यस रसायनको प्रभाव आएको वेला हामी जागृत हुन्र्छौ ।सपना देख्दा न्युरोट्राँन्समिटर एसिटिलकोलिन स्तर बढ्ने र सपना देख्ने कुराहरू,यहाँ उल्लेख गरिएका छन् र साथै हब्सनले सपनाबाट तीन किसिमका फायदा हुने कुरा बताएकोमा जागृत अवस्थामा भएको अनुभवलाई स्मृति कोषमा अंकित गर्न मद्दत गर्ने, यसैको माध्यमबाट वितेको अनुभवलाई विश्लेषण गर्न सहयोग पुग्ने, सपनाको माध्यमबाट हाम्रो मस्तिष्कको लागि आवस्यक तत्वबाट समृद्ध हुन सकिन्छ जस्ता धारणा आएका छन् । (यो लेख ओमप्रकाशजीले युवामञ्च शारदा पाण्डेबाट साभार लिनु भएको र त्यसको सारभाव मैले यहाँ प्रस्तुत गरेको हो)
सपनासम्बन्धी केही धारणा –यो लेख ओमप्रकाश अधिकारीले अन्नपूर्ण, अंकुर, शनीबार २ साउन, २०७२ बाट साभार गर्नु भएको छ । यसमा ११ ओटा धारणाहरू समाबेश गर्नु भएको छ । यसमा लेखिएका धारणाहरू मध्ये केही धारणा यस प्रकार छन् –जन्मजात आँखा नदेख्नेहरूले पनि सपना देख्छन् । प्रत्येक मानिसले सपना देख्छन् । जनावरले पनि सपना देख्छन् आदि ।
सपना ः केही सत्य प्रसङ्ग – यो लेख ओमप्रकाशजीले गोरखापत्र, सुवर्ण विक्रम थापाको लेखबाट लिनु भएको हो । यसको भावसारमा सपना अनादि समय देखिनै देखिदै आएको, आजको समाजमा ‘जो मानव सपना देख्दैन ऊ जीवित छैन भन्ने कथन प्रचलित छ ।’ मानिसले निद्रा र जागावस्थामा सपना देख्ने, जागावस्थामा देपिखने सपना दार्शनिक र कविसँग सम्बन्धित हुने जस्लाई कल्पनाको संज्ञा दिइन्छ । निद्रा अवस्थाको निदाएको अवस्थामा देखिने सपना थकावटबाट देखिने मानिन्छ । यी दुबै सपना भिन्न प्रकारका हुने, सपनाले मानिसको मस्तिष्को विभिन्न भारबाट मुक्त गर्ने, सपना देख्ने शक्तिक्षिण भए मानसिक रोगले पिडित हुने । सपनाको बारेमा फ्रायडको धारणा,कहिलेकाँही विलक्षण सपना देखिने, सपना अनुरूपको सपना पनि देखिने जस्तै जोनआफकेनेडीले देखेको सपना अनुरूप नै उनको हत्या भयो । यसरी नै रोमकासम्राटकी श्रीमतीले सिजरको हत्या उनका विरोधीले गरेको सपना देखिन र श्रीमानलाई दरबार नजान रोकिन तर सिजर गए र सपना अनुसार नै हत्या भयो । यस प्रकारका घटना यहाँ अरु पनि बताइएका छन् ।सपना जस्ताको तस्तै फलदायी हुन्छन् भन्ने कुरामा म पनि विश्वास गर्दछु जव म स्यानो थिए । मलाई हिसाव निकै मन पर्दथ्यो । परीक्षाको समयमा अघिल्लो राती विहानी हुन हुन लाग्दा शिक्षकले यो हिसाब तैले हेरेको छैनस् हेर यसरी हल गर्ने भनेर पुरा हल गराएर छाड्थे र परीक्षामा जाँदा त्यही हिसाव आएको हुन्थ्यो तर पछि यस्तो सपना कहिलै देखिन ।
सपनाद्वारा आपूmलाई लाभदायी बनाउन सकिन्छ – यो लेख युवामञ्च, २०५६, कार्तिक, वेदनाथ पन्थीकोबाट साभार गरिएको र यसबाट केही कुरा प्रस्तुत गरिएको छ । यस लेखमा सोचेका कुरामात्र सपनामा देखिन्छन् भन्ने हैन नसोचेक कुरा पनि सपनामा देखिन्छन् । वैज्ञानिकहरूको भनाई अनुसार हामी सबैमा सपनालाई आफ्नो बसमा राख्न सकिने क्षमता भएकोले बसमा पार्न सकिएमा समस्याको मूलजरो स्वयम् पत्ता लगाई कयौं रोगहरूबाट बच्न सकिने,ल्युसिडड्रिम देख्नु भनेको आफ्नो चाहना बमोजिम सपना देख्नु । यस्तो सपना देख्न सपनाको विविधतामा नरहेर आफ्नो चेतनाको स्तरमा रहनु हो । सपना देख्ने वित्तिकै हराउनेलाई अभ्यास द्वारा नियन्त्रण गर्न सकिन्छ र कस्तो सपना देख्ने भन्ने कुरा सार्थक तुल्याउन सकिने, मानसिक तनाउ र फोविया लगायतलाई मनो वैज्ञानिक उपचार गर्न सकिने जस्ता धारणाहरूलाई केलाउँदै ओमप्रकाशजीले कस्तो समय र निद्रामा कस्तो सपना (रेम र नन्रेम सपना), सपनाका फाइदा (लुसिडसपनाबाट फाइदामात्र हुने), सपना कसरी आउला सपना त सबैले देख्छन् तर सपना देखेको थाहा नहुन सक्छ तर थाहा पाउने बानी बसाल्नु पर्छ । सपनाको लागि आराम अति आवश्यक हुन्छ आदि धारणा समेटिएका छन् ।
केही उपयोगी विचारहरू– यश शीर्षकमा ११ उपशीर्षक समेटिएका छन् । यी ११ उपशीर्षक यस प्रकार छन् –
पैसाबाट के मिल्छ के मिल्दैन भन्ने ११ ओटा धारणा यहाँ दर्शाइएको छ । जस्तै भौतिक सुख मिल्छ शान्ति मिल्दैन, भोजन मिल्छ भोक मिल्दैन ,मूर्ति मिल्छ भगवान मिल्दैन आदि । मेरो बिचारमा पैसा साधन हो तर साध्य हैन । पैसाबाट सबै प्राप्त गर्छु कसैले भन्छ भने त्यो सम्भव छैन ।
के गर्नुस्?–ओमप्रकाशजीले सुख, शान्ति,मुक्ति आदि प्राप्त गर्नको लागि ७ ओटा यथार्थता पस्कनु भएको छ जस्तै विस्तारै वोल्नुहोस शान्ति मिल्ने छ, आदि ।
गर्न नहुने– के गर्न हुँदैन भन्ने सुझावमा १५ ओटा धारणा राख्नु भएको छ ।जस्तै लिन नहुने चिन्ता,गर्न नहुने अपराध, टार्न नहुने मौका मार्न नहुने आशा आदि ।
कसको आँखामा के– यस सम्बन्धमा ओमप्रकाशजीले १३ ओटा धारणा राख्नु भएकोछ– जस्तै पुलिसको आँखामा अपराधी, शत्रुको आँखामा प्रतिसोध, आमाको आँखामा माया कसलाई के नदिनु – १५ ओटा धारणा यहाँ पढ्न पाइन्छ जस्तै अपरिचितलाई साथ नदिनु, मूर्खलाई उपदेश नदिनु, गरिबलाई बचन नदिनु काँतरलाई क्षमा नदिनु, आदि ।
के नभएको राम्रो – यसमा ओमप्रकाशजीले सातओटा धारणा राख्नु भएको छ – जस्तै नलागेको राम्रो रोग, नखाएको राम्रो नशा, नउठेको राम्रो रिस आदि
जीवन के हो ?– ओमप्रकाशजीले जीवन के हो भन्नेमा १५ ओटा धारणा राख्नु भएको छ । जस्तै जीवन चुनौती हो मुकाविला गर, जीवन यात्रा हो पूर्ण गर, जीवन प्रेम हो उपभोग गर, जीवन स्वप्न हो प्राप्त गर, जीवन संघर्ष हो स्वीकार गर, जीवन सौन्दर्य हो पूजा गर, जीवन नरक हो निन्दा गर आदि
कसको के उत्कृष्ट?– यसमा १५ धा।णा आएका छन् रामको जस्तो चरित्र, शीवजीको जस्तो नेतृत्व, दधिचिको जस्तो त्याग, धु्रवको जस्तो दृढता, प्रल्हादको जस्तो भक्ति ।
ख्याल राख्नुपर्ने कुराहरू–यसमा १९ओटा धारणा खाएका छन् जस्तै नभुल्नु ऋण,राष्ट्र र मित्रलाई, फर्कदैन गोली,बोली र प्राण, गर्न नभुल्नु उपकार,उद्देश्य र उदारता आदि बैगुनी मान्छै – केही मानिसको प्रबृत्ति यस्तो हुन्छ ,गुन गर्दा पनि गुन देख्दैन । ओमप्रकाशजीले १४ ओटा धारणा राख्नु भएको छ । जस्तै आश्रय दियो टाउकोमा टेक्छ । क्षमा दियो काँतर सम्झन्छ, प्रेम ग¥यो घात गर्छ, उपकार ग¥यो वास्ता गर्दैन, जानेको छ बताउँदैन, सल्लाह दियो अपमान सम्झन्छ , आदि ।
आमा – आमा शब्द नै महान हो । आमामा यस्ता अमिट भावना हुन्छन् जो पैसाले किन्न सकिदैन, आमामा सन्तानको लागि सर्वस्व त्याग्न सक्ने क्षमता हुन्छ ।यसम्बन्धमा ओमप्रकाशजीले १५ ओटा धारणा राख्नु भएको छ जस्तै संसारमा पैसाले किन्न नपाउने बस्तु के हो ? आमा यसरी नै सर्वश्रेष्ठ तीर्थ आमा हुन् । गुरू भन्दा श्रेष्ठ को हो भनियो भने पनि आमाकै नाम आउँछ, सहनशीलताकी प्रतिमूर्ति को हो भने आमाकै नाम आएँछ आदि ।
यस कृतिको सम्पूर्ण सारभाव मैले माथि नै लेखिसकेको छु । यिनै कुरालाई दोहो¥याइ राख्न आवश्यक देखिदैन । यो कृतिमा सपनाको संदेश दिन निकै प्रयास भएको छ । टीकाकार÷सङ्कलन ÷ सम्पादक ÷सह लेखन र लेखक ओमप्रकाशको यो प्रयास अति प्रशंसनीय छ र उहाँको भावी जीवन प्रकाशमय रहोस् भन्दै विदा चाहान्छु ।
च्भाभचभलअभ
म्चभबmकस् ध्जथ त्जभथ ज्बउउभल ७ ध्जबत त्जभथ ःभबल
अर्थसरोकार पत्रिकामा २९ आश्विन २०७३
अभागीको प्रेमविहारको षष्ठामृत । २०७०
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।