सातौं एनप्याब्सन खेलकुद सप्ताह : ज्ञानभूमि र कान्तिपुरलाई तानडोरी उपाधि
कपन अनलाइन
काठमाण्डौ .मंसिर २६।
ज्ञानभूमि र कान्तिपुरले सातौं एनप्याब्सन खेलकुद सप्ताह अन्तर्गत तानडोरीको उपाधि बुधबार जितेका छन् । ज्ञानभूमि छात्र तथा कान्तिपुर छात्रामा पहिलो भए ।
एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको छात्रमा कान्तिपुर दोश्रो तथा पिक प्वाइन्ट तेश्रो भए ।
भीमसेनगोलासिथत अमर आदर्श स्कुलमा भएको प्रतियोगिताको छात्रामा पिक प्वाइन्ट दोश्रो तथा मिलन धर्मस्थली तेश्रो बने । योसंगै विभिन्न ४ खेल समावेश खेलकुद सप्ताहमा ३ खेलको प्रतिस्पर्धा सकिएको आयोजकले जनाएको छ ।
यसअघि छात्र फुटसल तथा छात्र÷छात्राको कबड्डी सम्पन्न भएको थियो । फुटसलमा अमर आदर्शले उपाधि जित्यो । कबड्डीमा भीमेश्वर एकेडेमीले दोहोरो उपाधि चुमेको थियो ।
बिहीबारदेखि छात्र बास्केटबल हुनेछ । सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा हुने बास्केटबलमा १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

तपाइँको प्रतिक्रिया ।