भगौडा विरामी : मित्र ‘उराठी’ गौतम (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ .मंसिर २३ ।
गर्मी महिना ! तराइमा धपक्कै आगो बलेको थियो। उसको जीउमा झिलझिलाउँदा फोका देखिए ।
“हैन्, घमौरा त हामीलाई पनि आएका छन् । तर तपाईँका त किन पानी फोका जस्ता छन् ?” पत्नीले अलि अनौठो मान्दै सोधिन् ।
“खै के जान्नु ? लेऊ पाउडर लगाइदिऊँ।ठिक होला ।” उसले सहज भावमा भन्यो । पाउडर लगाउँदा झन परपरायो ।पोले जस्तै भयो ।
अर्को दिन जीउ रनक्क रन्कियो । ज्वरो महसुस गरि सिटामोल खाइदियो ।
“यो त जनै खटिरा पो हो त बाबु।एकबार पल्टनमा मलाई पनि आएको थियो ।” छिमेकी लाहुरे बाले भने ।
उसले गुगलमा खोज्यो । जनै खटिरा, मेडिकल भाषामा हर्पिस जोस्टर भन्दो रहेछ । लक्षणहरु मिल्दाजुल्दा देखिए ।
“तै पनि ढुक्क नभै के औषधी खानु ?” सोचेर छालारोग विशेषज्ञलाई देखाउन गयो ।
“जनै खटिरा हो जस्तो लाग्यो डाक्टर साब । तै पनि हजुरलाई देखाएर ढुक्क भै औषधी खाऊँ भनेर आएको ।” लक्षणहरु बताउँदै आफ्ना कुरा राख्यो, उसले ।
“हो जस्तो त लाग्यो तर निश्चित गर्न रगत जाँच गरौँ । मैले लेखिदिएको छु । रिपोर्ट हेरेर औषधी चलाउँला ।” भन्दै डाक्टरले पर्चा थमाए ।
पर्चा लिएर ऊ निस्कियो । “खै के के लेखिदिनु भयो ? पर्चा यता ल्याउनू ।” डाक्टर कक्ष बाहिर ढुकेर बसेका क्लिनिक कर्मचारीले हत्पतिँदै सोधे ।
“म एकैछिनमा आउँछु ।” भन्दै वेवास्ता सहित ऊ क्लिनिकबाट बाहिरियो । सरासर चिनेको गाउँले भाइको मेडिकलमा पुग्यो र घाउहरु देखाउँदै लक्षण बतायो ।
“दाजु यो त हर्पिस जोस्टर नै हो।यो औषधी खानु ठिक भै हाल्छ ।” मेडिकल भाइले ढुक्कसाथ भन्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।