साउदीमा यस वर्ष मात्र १३० जनालाई मृत्युदण्ड
रियाद, १७ भदौ । साउदी अरेबियामा यसवर्षमात्र कम्तीमा पनि १३० जनालाई मृत्युदण्ड दिइएको समाचारमा जनाइएको छ ।
बिहीबार पनि यहाँको प्रशासनले एकजनालाई मृत्युदण्ड दिएको छ । योसँगै यस वर्षमात्र साउदी अरेबियामा मृत्युदण्ड दिएका व्यक्तिको सङ्ख्या १३० पुगेको समाचारमा जनाइएको छ ।
साउदी अरेबियाको प्रशासनले बिहीबार एकजना मसारी अल समारी नाम गरेका व्यक्तिलाई मृत्युदण्ड दिएको छ । ती व्यक्ति एकजना विदेशीको हत्यामा सम्लग्न रहेको पाइएकोले उनलाई मृत्युदण्ड दिइएको बताइएको छ ।
उनलाई साउदी अरेबियाको उत्तरपश्चिमी नगर काफर अल बातेनमा मृत्युदण्ड दिइएको छ । उक्त नगर इराकी सीमा क्षेत्रमा पर्छ ।
आज मृत्युदण्ड दिइएका उनी साउदी अरेबियामा यसै वर्ष दिइएको मृत्युदण्डमा १३० औँ नम्बरमा पर्छन् ।
तर एम्नेस्टी इन्टरनेसनलले भने गत वर्षमात्र साउदी अरेबियाको सरकारलाई मृत्युदण्डको कानुन खारेज गर्न आग्रहसहितको मागपत्र दिएको थियो ।
तर साउदी अरेबियामा मृत्युदण्डको कानुन कायमै रहेको छ ।