दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
तिमी कहाँ छौ भनी खोज्छन् यहाँ सबै
मन्दिर मस्जिद जहाँ तहाँ घुम्छन यहाँ सबै
मानव भै मानवले खोज्छन् जात र पात
अमीर र गरिबको लेखो राख्छन् यहाँ सबै
जाग जाग देशको गतिमा आच आयो
किन यसरी बिकृतिको ठूलो माच आयो
देश बनाउने हो कि बिगार्ने सोध तिनलाई
किन यसरी टुक्रा टुक्रा हुने काच आयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।