अझै बढी : खगेन्द्र बस्याल (लघुकथा)

अझै बढी : खगेन्द्र बस्याल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।

रातारात सम्पत्तिको चमत्कार देखाएका सरोजकी श्रीमती अरुणाले आफ्ना गहनाले चुढ्ग्याउँदै करुणालाई भनिन्,“तपाईंको खासै गहना देखिएन,अचेलका लोग्नेहरुले आफ्नो मनोज्ञानले देखेर किन्दैनन्।”
करुणाले सोधिन्,“उहाँ आफैंले बजारमा लगेर किनिदिनु भएको हो त!”
अरुणाको जवाफ रह्यो,“केही दिन नबोलेपछि बाध्य भएर किनीदिनु भएको हो ।तपाईंले पनि मेरै सूत्र अपनाउनु त!”
करुणाले भनिन्,“तपाईंको भन्दा अझै बढी राम्रा गहना मसँग छँदैछन् ,किन त्यस्तो नाटक रच्नु ।”
अरुणाले हाँस्दै सोधिन्, खोई ती गहना मैले आज सम्म लगाएको देखेकी छैन ?”
करुणाले बताइन्,“पति समाजकै गहना हुनुहुन्छ,छोराछोरी कक्षामा पढाइमा सबैभन्दा अगाडि छन् ।यो भन्दा राम्रो गहना अरु हुन सक्छ र ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।