म हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन बिपी संग्रहालयमा चियापान आयोजना गर्नेछु : प्रकाश कोइराला

म हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन बिपी संग्रहालयमा चियापान आयोजना गर्नेछु : प्रकाश कोइराला
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाका पुत्र प्रकाश कोइराला ,पुत्री चेतना कोइराला र नातिनी मनिषा कोइराला कोजाग्रत पूर्णिमाका दिन गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको बिपी संग्रहालयमा पुगेर संक्षिप्त चियापान गरेका छन।
२०३४ साल देखि बिपी कोइरालाले शुरु गरेको चियापान कार्यक्रम यस पटक नेपाली कांग्रेसले स्थगित गरेको समयमा उनीहरुले स्वर्गीय कोइरालालेलामो समय बन्दी जीवन बिताएको सुन्दरीजलमा रहेको सो संग्रहालयमा पुगेर सो कार्यक्रमको आयोजना गरेको संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिएका छन।
सो अवसरमा बोल्दै बिपी पुत्र कोइरालाले बीपीको मूल सिदान्त र विचार छोडेपछि नेपाली कांग्रेसले उहाले शुरु गरेको चियापान गर्न नहुने धारणा व्यक्त गर्दै आगामी दिनमा यही संग्रहालयमा आफुले नियमित रुपमा चियापानको आयोजना गर्ने बताएका छन।
सो सैनिक घरबाट छुटेपछि बिपी केहि समय प्रहरी तालिम केन्द्रमा नजरबन्द रहे पनि अन्य समय कारागारमा नपरेकोले नेपाली कांग्रेसले बीपीको सिदान्त र विचार प्रवर्धन गर्न यहि संग्रहालयमा नियमित चियापान गर्नुपर्ने बताउदै उनले सुन्दरीजल मै चियापान हुनुपर्नेमा जोड दिएका थिए।
त्यस्तै सो अवसरमा बोल्दै स्वर्गीय कोइरालाकी नातिनी तथा  अभिनेत्री मनिषा कोइरालाले सो संग्रहालयका लागि आफुले पारिवारिक रुपमा केहि गर्न नसकेपनि संग्रहालयले निकै कम गरेकोमा प्रसंसा गर्दै नेपाली कांग्रेसका अन्य नेता र पार्टीले के गरेको छ ? भन्ने प्रश्न समेत गरेकी थिइन्।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित अन्य नेताहरु कति पटक संग्रहालय आउनुभयो र यसका लागि के के गर्नु भयो ? भन्ने प्रश्न गर्दै अभिनेत्री कोइरालाले आउने दिनमा संग्रहालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै संग्रहालयका पदाधिकारीहरुलाई सह्रानीय कामका लागि धन्यवाद प्रदान गरेकी थिइन्।
उक्त कार्यक्रममा बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले  वी पी कोइरालाको अदालतको बयान, वी पी कोइरालाको भाषण आलेख अन्तर्बार्ता , Democracy indispensable for development  नामका तिन पुस्तक अभिनेत्री कोइरालालाई प्रदान समेत गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।