यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान मधेस, लुम्बिनी प्र्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ भने  बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि  मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोसी, वाग्मती, कर्णाली र सुदूरपिश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

तपाइँको प्रतिक्रिया ।