भोक र भोजन : डा. टीकाराम पोखरेल (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,असोज २८।
ऊसँगभोक थियो, म सँग भोजन थियो ।
म सँग पनि भोक थियो ऊसँग पनि भोजन थियो ।
दुवैसँग भोक र भोजन दुवै कुरा थियो, कुरा मिलेकै थियो ।
तर नमिलेको कुरा पनि थियो । मेरो भोजनले म अघाउँदैनथेँ, मात्र ऊ अघाउँथी । र उसको भोर्जनले ऊ अघाउँदैनथी, मात्र म अघाउँथे ।
ऊ र म बिच नमिलेको यो कुरालाई भोजन साटासाट गरी मिलाउने सहमति भयो । सहमति बमोजिम उसले ऊसँग भएको भोजन मलाई गराई । मैले मसँग भएको भोजन उसलाई गराएँ ।
उसले मेरो भोर्जन अत्यन्त मिठो मानेर खाई, मैले पनिउसले गराएको भोर्जन अत्यन्त मिठो मानेर खाएँ ।
तर अफशोच!
न ऊ मेरो भोजनबाट तृप्त भई, न म उसको भोजनबाट तृप्त भएँ । म जतिभोर्जन थप्दै जान्थेँ, उसमा उति भोक जागृत हुँदै जान्थ्यो । ऊ जतिथप्दै जान्थी ममापनि त्यत्तिकै भोक जागृत हुँदै जान्थ्यो ।
जति भोजन गर्यो,उति भोक लाग्ने प्रकृतिको यो नियमको उल्लङ्घन यस धर्तीमा कसैले गर्न सकेन ।

तपाइँको प्रतिक्रिया ।