एसिया सेभेन्स रग्बीका लागि नेपाली टोलीको घोषणा

एसिया सेभेन्स रग्बीका लागि नेपाली टोलीको घोषणा

कपन अनलाइन
काठमाडौं, असोज १४।

नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि रग्बी संघले आइतबार महिला र पुरुष टोलीको घोषणा गरेको रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् ।
महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाका मार्किन राई, रोजिना पोखरेल, विनिता शाही ठकुरी, सुजा राई, मनीषा थापा मगर, कमला राई र सिर्जना राई टोलीमा परेका छन् । संगिता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई वैकल्पिकमा राखिएको छ ।
पुरुषतर्फ विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी टोलीमा समेटिएका छन् । विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरी वैकल्पिकको सूचीमा छन् ।
प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता पहिलोपल्ट हुन लागेको हो । यस प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेका छन् । एसिया रग्बी सेभेन्स २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ ।

तपाइँको प्रतिक्रिया ।