बुढानीलकण्ठ नगरपालिका वडा नं  १० मा दोस्रो स्नूकर प्रतियोगिता हुने

बुढानीलकण्ठ नगरपालिका वडा नं  १० मा दोस्रो स्नूकर प्रतियोगिता हुने

कपन अनलाइन
काठमाडौं, असोज १४।

बुढानीलकण्ठ नगरपालिका वडा नं  १० मा दोस्रो स्नूकर प्रतियोगिता हुने भएको छ। असोज १७ देखि २४ गतेसम्म आयोजना हुने सो  प्रतियोगिताको फाइनल खेल असोज २४ गते सम्पन्न हुनेछ।

प्रत्येक प्रतियोगीलाई प्रतियोगितामा सहभागिता जनाउनका लागि १५०० रूपैयाँ शुल्क लाग्नेछ। प्रतियोगितामा विजयी हुने खेलाडीले २५,००० रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

स्नुकर रेस्टुरेन्ट बुढानिलकण्ठ -१० को आयोजनामा हुने  सो प्रतियोगिताले  स्थानिय खेलकुदको विकास र खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

तपाइँको प्रतिक्रिया ।