गिरिजा प्रसाद कोइराला फाउन्डेसन बागमती प्रदेसको संयोजकमा डा.सीता पोखरेल घिमिरे

गिरिजा प्रसाद कोइराला फाउन्डेसन बागमती प्रदेसको संयोजकमा डा.सीता पोखरेल घिमिरे

कपन अनलाइन
काठमाडौं, असोज १४।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन बागमती प्रदेसको संयोजकमा डा.सीता पोखरेल घिमिरे चयन भएकी छन। लामो समय देखि स्वास्थ्य क्षेत्रमा क्रियाशील रहेकी घिमिरे काठमाण्डौ विश्वविद्यालयमा  गाईनेकोलोजि बिषयको प्राध्यापक समेत रहेकी छन।

नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेकी पोखरेल त्रिभुवन विश्व विद्यालयबाट MBBS र MD को परिक्षामा गोल्ड मेडलिस्ट समेत रहेकी छन भने उनले विभिन्न संस्थाहरुमा सक्रिय रहेर स्वास्थ्य क्षेत्रमा योगदान समेत पुर्याएकी छन।

त्यस्तै सो फाउन्डेसनको बागमती प्रदेस समिति सचिवमा कुमार खड्का चयन भएका छन। नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितिका उपसचिव समेत रहेका खड्का नगर समितिको स्वास्थ्य विभाग प्रमुख समेत रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।