विश्व पर्यटन दिवसको अवसर पारेर बुढानिलकण्ठमा सडक महोत्सव हुने

विश्व पर्यटन दिवसको अवसर पारेर बुढानिलकण्ठमा  सडक महोत्सव हुने
कपन अनलाइन
काठमाण्डौ ,असोज ८।

बुढानीलकण्ठ नगरपालिकाले ४५ औं विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते सडक महोत्सव आयोजना गर्न लागेको छ ।

नगर पर्यटन विकास वोर्डको संयोजक्तवमा बुढानीलकण्ठ वडा नं. ३ स्थित नारायणस्थान मंदिर परिसरको उत्तर तर्फको सडकमा महोत्सव आयोजना हुन् लागेको हो ।

महोत्सवमा नगरपालिकाको पौराणिक कला, संस्कृति झल्कने विवध साँस्कृतिक कार्यक्रम, खानेकुरा स्टल, हस्तकला, उद्यमीहरुको उत्पादन जस्ता आकर्षण रहने आयजकले जानकारी दिएका छन् ।

महोत्सव असोज ११ गते दिउसो २ बजेबाट सुरु हुने आयोजकले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।