“विश्व स्कुल दिवसको बारे सरोकारवालाहरु विच छलफल कार्यक्रम सम्पन्न”
कपन अनलाइन
काठमाण्डौ ,असोज ८।
नेपाल डेरी एसोसिएसनको केन्द्रिय कार्यालयमा एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दुध दिवस मनाउने क्रममा पाचौं दिन सरोकारवालाहरु बिच छलफल गरि सकिएका कार्यक्रमको समिक्षा एवं बाँकीको तालिका बनाई अगाडि बढ्ने र यो कार्यक्रमले दुग्ध क्षेत्रको विकासमा अत्यन्तै हित गर्ने कुरा केन्द्रिय महासचिव हेमचन्द्र खनालले बताए । कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृतहरु अजय पोखरेल र शंकर अधिकारीको उपस्थिति रहेको थियो भने एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीप प्रसाद धमला, मनोज घिमिरे, सह-कोषाध्यक्ष एवं राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, सदस्य नवराज तिमल्सिना, रमेश सन्जेल, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघका उपाध्यक्ष दिपक सन्जेल, सदस्य माधब सिवाकोटी, काठमाडौं जिल्लाका अध्यक्ष अजित बजगाईं डेरी व्यवसायी गुरु प्रसाद काफ्ले र उद्योगीहरूको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले दुध सबैले पिउनुपर्ने पौष्टिक तत्वले भरिपूर्ण भएको हुनाले बिहान बेलुका विशेष गरि बालबालिकाहरुले दुध पिउनु पर्ने कुरा बताए भयो भने नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले दूध पूर्ण पौष्टिक आहार भएको कुरा बताउँदै सबै विद्यार्थीहरूलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने कुरा बताए । दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका सबैले बुझ्नु पर्ने कुरा एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेलले बताए । यसरी विद्यालयमा गइ बालबालिकालाई दुध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गर्दा अत्यन्तै राम्रो हुने र उपभोग बढ्ने कुरा उपाध्यक्ष मनोज घिमिरेले बताए । एसोसिएसन यसरी लागेर कार्यक्रम गरेकोमा राष्ट्रिय दुग्ध विकास बोर्डको तर्फबाट अधिकृत शंकर अधिकारीले धन्यवाद दिए । बोर्डकै अर्का अधिकृत अजय पोखरेलले एसोसिएसनलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर ल्याउन अनुरोध गरे । राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य एवं एसोसिएसनका सह-कोषाध्यक्ष रामभक्त दाहालले एसोसिएसनले वर्षिनै यसरी कार्यक्रम गर्नाले उपभोग बढ्नुका साथै यसले सबैलाई हित गर्ने कुरा बताए ।
दुध तथा दुग्ध पदार्थ बढि उपभोग गर्ने देशहरु विकासका हरेक कुरामा अग्र पंक्तिमा रहेका हुन्छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर विश्वभर स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन सन् २००० देखि निरन्तर आज २४ वर्षसम्म मनाउने गरेको तथ्यांक छ । यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दुध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन” भन्ने नारा सहित भव्यताका साथ साता ब्यापि रुपमा असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार मुल समारोहको आयोजना गर्ने गरि नेपाल डेरी एसोसिएसनले साप्ता व्यापी रुपमा मनाउने कार्यक्रम रहेको छ।एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन अनुरोध गरेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।
हाम्रो देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पुरयाउनु पर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने देखिन्छ । बालबालिकालाई दुधको महत्व बारे बताउँदै अनिवार्य दुध सेवन गर्न प्रेरित गर्नुपर्छ । दुधको बारे अभिभावकहरुले र विशेष गरि शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ। विद्यार्थीहरु र बालबालिकालाई दैनिक रुपमा दुध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने गर्छ । साथै विद्यालय र सरोकारवाला निकायले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दुधको जानकारी सहित आग्रह गर्नुपर्छ । एसोसिएसनले समय समयमा स्कुल, आश्रम, अस्पताल लगायत विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ सेवन गराउने र विविध कार्यक्रमहरु गर्ने गरेको छ । समय समयमा कविता र बक्तृत्वकला प्रतियोगिता गरि बालबालिकामा दुध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ । यसले दुग्ध क्षेत्रको विकासका लागि ठूलो महत्वपूर्ण भुमिका खेलेको हुन्छ।
तपाइँको प्रतिक्रिया ।