काष्ठमण्डप कप मंगलबारदेखि

काष्ठमण्डप कप मंगलबारदेखि

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो काष्ठमण्डप कप मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फटसलको प्रतिस्पर्धा हुने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।
बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ८ टिम सहभागी हुने छन् । फुटसलको सिनियर ब्वाइजमा ११, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने छन् ।
प्रतियोगिताका खेलहरु लिग कम नकआउट आधारमा हुनेछ । साताव्यापी प्रतियोगिताका खेलहरु म्ण्डिखाटारस्थित आयोजकै हातामा हुनेछ।

तपाइँको प्रतिक्रिया ।