आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा परिसालाई स्वर्ण

आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा परिसालाई स्वर्ण

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

परिसा खड्गीले छैटौं आईएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ४५ केजीमुनि स्वर्ण जितेकी छन् । परिसाले फाइनलमा सरस्वतीकुमारी बोहरालाई पराजित गरिन् । सपना तामाङले कांस्य जितिन् ।
इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनि शिवानी आले मगर पहिलो भइन् । शिवानीले फाइनलमा कृतिका लामालाई हराइन् । प्राश्नी तामाङ तेश्रो भइन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि आरुस थापाले फाइनलमा इशान सापकोटालाई पाखा लगाउदै पहिलो भए । अमनकुमार गुप्ता तेश्रो बने । पुरुष ४० केजीमुनि आकाश नेपालीले स्वर्ण जिते । उनले फाइनलमा मनोज अग्रीलाई पन्छाए । साजन वाइबा तेश्रो स्थानमा रहे ।
पुरुष ४५ केजीमुनि प्रवेश गुरुङले बाजी मारे । उनले स्वर्ण भिडन्तमा सागर तामाङको चुनौती समाप्त पारे । शेख रिज्वान तेश्रो भए । पुरुष ५० केजीमुनि फाइनलमा सरोज राईले फाइनलमा अनिलकुमार लोहारमाथि जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । बसन्त सारु मगर तेश्रो भए । सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाए । कुल १ लाख ३१ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।
विजेतालाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धर, आयोजक आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा १ सय खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।