सचेत जनता : वन्दना पौडेल (कविता )

सचेत जनता :  वन्दना पौडेल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

सचेत जनता यसपालि चाहिँ भोट दिन हुन्न ।
मुर्ख नेता जिताएर खोट दिन हुन्न ।।

साच्चै तिम्रो अमूल्य भोट खेरा नफाल ।
मुर्ख नेता जिताउनलाई पाइला नचाल ।।

संस्कार रैछ सत्तामा यहाँ घुस खानै पर्ने ।
हामी जनता भोट दिन सधैँ अघि सर्ने ।।

विभत्स यी हत्या हिंसा कस्ले हेर्ने सुन्ने ।
भित्रै खेल हुने रैछ देशलाई जाल बुन्ने ।।

तेरो पाटी मेरो पाटी भन्दै हामी लड्छौ ।
त्यही पाटीलाई जिताउनलाई रातदिन खड्छौ ।।

जित्छन् नेता जान्छन् अनि पाटी समाउन ।
देशलाई लुटी घुसखोर गरी थाल्छन् रमाउन ।।

हेर साथी यसपालि चाहिँ भोट दिन हुन्न ।
मुर्ख नेता जिताएर खोट दिन हुन्न ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।