प्रदेशमा द्वितीय स्थान प्राप्त गर्ने रिलायन्स इन्टरनेशनल एकेडेमीलाई बागमती सरकारको सम्मान

प्रदेशमा द्वितीय स्थान प्राप्त गर्ने  रिलायन्स इन्टरनेशनल एकेडेमीलाई बागमती सरकारको सम्मान

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा द्वितीय स्थान प्राप्त गर्दै रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा एकेडेमीलाई पुरस्कृत गरेको हो ।

गत वर्ष रिलायन्सबाट १ सय ८ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा ३.७९२ औसत जिपिए प्राप्त गर्दै रिलायन्स बागमती प्रदेशमा द्वितीय बनेको हो । मन्त्रालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागि गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित मिलनचोकमा रहेको एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ ।

२०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसीमा नेपाल प्रथम (बोर्ड फर्स्ट) र २०७५ सालको एसईई परीक्षामा संस्थागत विद्यालय तर्फ प्रथम हुन सफल भएको थियो।

 

तपाइँको प्रतिक्रिया ।