अहिलेका नेताभन्दाबरू राजा ज्ञानेन्द्र नै राम्रो भनेर घरघरमाचर्चा छ: डा. सुन्दरमणि दीक्षित

अहिलेका नेताभन्दाबरू राजा ज्ञानेन्द्र नै राम्रो भनेर घरघरमाचर्चा छ: डा. सुन्दरमणि दीक्षित

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

नागरिक समाजकाअगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संविधानलाई संशोधन गरेरमात्रै समस्याको समाधाननहुने ठोकुवागर्दै यसको पूर्ण पूनरावलोकनगर्नुपर्ने आवश्यकत्ताऔंल्याएका छन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमाआमजनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधान ः समाधानकि समस्या’विषयकअन्तरक्रियालाई सम्बोधनगर्दै डा. दीक्षितले यस्तो बताएकाहुन् । उनले अहिले खानपल्किएका नेताहरुले लोकतान्त्रिक गणतन्त्रमाथि खतरा भएको भन्दै हाउगुजी पिटेको पनि टिप्पणी गरे । तर, युवाहरुमायी नेतामाथिआक्रोश भने उनीहरुकै कार्यशैलीको कारण बढेको भन्ने कुराको चेत नेताहरुमाअझै नआएको दीक्षितको दाबी छ ।
उनले भने,‘अहिले त कस्तो भयो भने बालेन शाहको तस्विरअंकित टिसर्ट लगाउँदा समाउने अनियुवाहरुले फेशबुकमा स्टाटस लेख्दापनि समाउने कामभएको छ । हुँदाुहँदायुवाहरुलाई अबचित्तनबुझेर ओली र देउवाविरुद्ध हुटिङ गरेभनेरतीयुवालाई पनि समातियो । यो के लोकतन्त्रहो ? संविधान र लोकतन्त्रबचाउ भन्छन् । गणतन्त्रको कुरै छोडिदिउँ, यहाँलोकतन्त्र नै मासिँदैछ । कसले मास्दैछ ?तिमीहरुले मास्दैछौं, जो राज्यसत्तामा बसेकाहरु छौं, हो तिमीहरुले मास्दैछौ । राज्यचलाउनेहरुकाशीर्ष नेताहरु कामगर्दैनन्, किताबमात्रै विमोचन गर्छन् । तिम्रै कर्तुतको कारण गणतन्त्र खतरामा छ ।’
अहिलेका नेताहरु पूर्वराजा ज्ञानेन्द्र शाहसँग डराएर बसेको पनिउनको आरोप छ । उनले भने,‘राजा त आरामसँगनागार्जुनमा बसेका छन् । तर, तिम्रै कर्तुतको कारण आजजनता राजातिर ढल्किएको चाहीँपक्काहो । शंका नै मान्नुपर्दैन् । नेताभन्दा बरु राजा ज्ञानेन्द्र नै राम्रो भन्नथालिसके । घरघरमा यो कुराको चर्चा छ ।’
उनले वर्तमान संविधानजारी गर्दा राज्य सञ्चालनमा बसेकाहरुले बलमिच्याईं गरेको आरोप लगाए । उनले भने,‘यो संविधान कसरी आयो ? मान्छेको चिताजलेपछि यो संविधानआएको छ। मधेशमाब्ल्याक–आउट भएको छ । जनजाति र दलितले मानेको छैन् । जबरजस्तीयिनीहरुले यो संविधानजारी गरे । संविधानसभाकाअध्यक्षसुवास नेम्वाङलाई भेट्न गयौं । ७÷८ दिनभनेर मधेशी नेताले समय मागेकाथिए । यहीकुरा अनुरोध गर्दा उहाँसुवासले मलाई भन्नुभयो–के गर्नु डाक्टरसाहेब, ओलीजीमान्नुहुन्नँभन्नुभयो । यस्तो जबरजस्तीबाट आएको संविधान कसरी मान्ने ?’
उनले नेपालमाअहिलेको संसदीयव्यवस्था नै फेलियर भएको दाबी गरे । उनले थपे,‘संविधान लेख्ने व्यक्तिहरुले यो बुझ्नुपर्छ । यो संसदीयव्यवस्थाकिनचलेन ? २००७ सालपछि दुईपटक कू भयो, किनभयो भनेर विश्लेषण गरिएन । अहिलेकानेताहरु त वाम पुड्के नेताहुन, उनीहरुको सोचको कारण म यो भन्दैछु । खानपाएका छन्, खाएर बसेका छन् । संसदीयव्यवस्था नै कच्चा छ । के संशोधनगर्ने ?मधेशी नेताले पनितीनबुँदे सहमति गरेर जनतालाई धोकादिए । संशोधनगर्ने होईन, पूर्ण रुपमा रिभ्यु गर्नुपर्छ ।’
संसदीयलोकतान्त्रिकव्यवस्था नेपाललाई सहुाउँदापनिनसुहाएको उनको आरोप छ । उनले भने,‘यो व्यवस्था नेपाललाई सुहाएन । अबचल्दापनिचल्दैन् । यस्तैमा लाग्यौं भने नेपालध्वस्त हुन्छ अनिविदेशीले टेकओभर गर्छ । अर्थतन्त्रखोक्रो छ । युवापलायनभएकाछन् । केहीपनिबाँकी छैन् । यो सिस्टमलाई चेञ्ज गर्नुपर्छ । देशव्यापीरूपमाचुनिएको राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । यी लुटेरा नेताहरुखानपल्किएका छन् । उनीहरु त्यसमाजान डराएका छन् । तर, अबजनताजागेर प्रत्यक्षनिर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ ।’
प्रत्यक्षनिर्वाचित राष्ट्रपतीय प्रणालीमा नजाने हो भने देशव्यापीचुनिएको प्रधानमन्त्री र सानो संसद अनि राजालाई सेरोमोनियलबनाएर राख्नुपर्ने दोस्रो विकल्पपनिउनले सुझाए । उनले भने,‘पहिलो प्रत्यक्षनिर्वाचित राष्ट्रपति नै हो, दोस्रो देशव्यापीचुनिएको प्रधानमन्त्रीअनि सानो पार्लियामेन्ट बनाऔं । र, राजालाई सेरोमोनियलबनाऔं । डर छ भने राजालाईखोपामा राखिदेउ । संविधानमा के लेखिएको छैन, सबै लेखिएको छ । भन्न त शिक्षार स्वास्थ्यफ्रिभनियो, तर व्यवहारमा छ त? भ्रष्टाचारले सबै खाईसक्यो । २०८४ मायही सिस्टममा गए नेपाल रहँदैन् । अबजनतालाई चाहिएको कुरा हेर्नुपर्छ । अहिलेकाखानपल्किएकाहरुले यो सिस्टम छोड्न चाहँदैनन् । जनता र राष्ट्र सोच्नुपर्छ । नत्रकुनैपनि संविधानकामलाग्दैन् ।’

तपाइँको प्रतिक्रिया ।