बुढानीलकण्ठमा कार्यरत चौथो र पाँचौ तहका कर्मचारीहरुको लागी दुई दिने तालिम सम्पन्न

बुढानीलकण्ठमा कार्यरत चौथो र पाँचौ तहका कर्मचारीहरुको लागी दुई दिने तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ७।

बुढानीलकण्ठ नगरपालिकाले नगरपालिका अन्तर्गतका कार्यालयहरुमा कार्यरत सहायकस्तर चौथो र पाँचौ तहका कर्मचारीहरुको लागी २ दिवसिय तालिम संचालन गरेको छ ।भाद्र ६ र ७ गते नगरपालिकाको सभाहलमा संचालन भएको तालिमको  समापन गरिएको हो ।

तालिममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालद्वारा कार्यालय सञ्चालन तथा व्यवस्थापन र अभिलेख व्यवस्थापन, अनुशासन आचरण र अन्तरशाखा समन्वय सम्बन्धी सत्र संचालन भएको थियो ।

यस्तै, परराष्ट्र मन्त्रालयका सह-सचिव ईश्वर पौडेलबाट सहभागीहरुलाई सेवा प्रवाह, नागरिक बडापत्र र गुनासो सुनुवाई सम्बन्धी सत्र संचालन भएको थियो  ।

साथै, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट आएका टापेन्द्र प्रसाद रिजाल पत्र व्यावहार, तनाव व्यवस्थापन र द्वन्द्व व्यवस्थापन सम्बन्धि  जानकारी मुलक सत्र संचालन गरिएको छ ।तालिम समापनको अवसरमा नगर प्रमुख मिठाराम अधिकारीले सहभागीहरुलाई  प्रमाण-पत्र वितरण गरेका थिए ।

समापन कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, सुशासन समिति संयोजक शम्भु प्रसाद भट्टराई, सुशासन समिति सदस्य झपट बहादुर कार्की, बालमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, प्रशासकिय अधिकृत अजित घिमिरे, अधिकृत अच्युत खड्का लगायत सहभागिहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।