अन्नपूर्ण पोष्टको पत्रिका बोक्ने गाडी तोडफोड

६ भदौ । अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको भ्यानमा आज बिहान बन्दकर्ताले तोडफोड गर्नुका साथै पत्रिका लुटेका छन् ।

सुनसरीको इटहरीस्थित प्रेसबाट पत्रिका बोकेर विराटनगर आइरहेको को१ग १७३५ नम्बरको गाडीलाई दुहवीमा पाँच÷छजना बन्दकर्ताले जबर्जस्ती गाडी रोकी गाडीको अग्रभागको सिसा फोडेको र ३०० भन्दा बढी प्रति पत्रिका लुटेर लगेको सो पत्रिकाका क्षेत्रीय प्रमुख रोशन घिमिरेले जानकारी गराउनुभएको छ ।

यस सम्बन्धमा अन्नपूर्ण पोष्टका विराटनगर समाचारदाता कुमार लुईंटेलले आजै विराटनगरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसमक्ष बन्दका समाचार निरन्तर रुपमा आइरहेको र बन्दमा प्रेसको गाडीलाई निर्वाध रुपमा चल्न दिने भनिए पनि यस्तो घटना किन भयो भन्ने जिज्ञासा राख्नुभएको थियो ।

यस विषयमा अध्यक्ष महतोले प्रेसको गाडीलाई रोक्ने कुनै नीति नरहेको र यस घटना सम्बन्धमा मधेसी मोर्चामा कुरा उठाउने आश्वासन दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।