सामाजिक सोंच : लक्ष्मी पाण्डे मिश्र (कविता )

सामाजिक सोंच : लक्ष्मी पाण्डे मिश्र (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २० ।

भन्न त भन्छन् सबैले बाबु आमा शाक्षात् भगवान ।
तर किन हो बृद्धाअवस्थामा पनि गरिरहेका छन् अपमान ।
बा आमाले आफ्ना रहरहरू पोल्टामा बाँधेर लुकायौ ।
सबै दुःखहरू कुण्ठा राखी हाँसेर देखायौ ।
सधैँ आफ्ना सन्तानको सुख र खुशी चाहायौ ।
पढे लेखेका अज्ञानि हामी माझ तिमी हरायौ ।
तिम्रो चाहानालाई हाम्रो कर्तव्यले कहिं कतै बुझेन ।
तिम्रो मर्मलाई हाम्रो कुनै काँधले थाम्दै थामेन ।
कसरी सह्य हुन्छ तिमीलाई यो सबै तिक्तता ।
कहिले नबुझ्ने रहेछौं हामी अज्ञानी तिम्रो आवश्यकता ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।