यो मृत्युझैँ निर्मम :त्रिलोचन आचार्य (कविता )

यो मृत्युझैँ निर्मम :त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, साउन १२।
१. आगो भैकन आइदिन्छ र कतै बाढी बनीझन् कतै
डोरी भैकन आइदिन्छ र कतै झाडी बनीझन् कतै
कुद्दै बन्दुकसाथ आउँछ कतै बन्दै कतै त्यै बम
भन्दै रोगकतै कठै छ भन के यो मृत्युको उद्यम
२. झम्टा भै पशुको उदाउँछ कतै चुँढ्दै कतै झन् पुल
झन् सिङ्गै बस झार्न पुग्दछ कतै लुट्दै कतै आखिर
डस्दै आउँछ भोक भैकन कतै पैह्रो खसालीकतै
कस्तो नाटक गर्न आउँछ अहो यो मृत्युलाई कठै
३. रोज्दै आउँछ क्रुर भैकन कतै बाटो बलत्कारको
भन्दै आउँछ शूर भैकन भनीत्यो आत्महत्यानिको
चिन्ताले भयले डसीअझकतै आक्रोस आतङ्कले
जे जे बाट झरे झरोस् अब भयो भन्दैन झन् घाटले
४. रातोझैँ छ पिई पिई रगतत्यो देखी रहेकैसरि
तातो नै छ तताउँदैछ त्यसले सेकी रहेकोसरि
त्यो साम्राज्यचलाउँदोछ दुनियाँ टेकेर रित्याउँछ
सम्झी आउँछ त्यो निरन्तर सबै खाएर सिध्द्रुयाउँछ
५. बासीहुन् सब शक्तिकाजनहरू ताजा म हूँ भन्दछ
रैतीहुन् सब राष्ट्रका पति स्वयं राजा म हूँ भन्दछ
फालिन्छन् युगकामहारथि सधैँ बाँच्ने म हूँ भन्दछ
दिन्छन् साथ उठी सधैँ स–कलले नाच्ने म हूँ भन्दछ
६. छानी लान्छ बसी थपाथपकतै थापेर जालो कति?
खै थाक्दैनपिएर हा रगतनै तातो र आलो कति?
झार्दै फेरि जहाज रच्दछ चितामुश्लो धुवाँकासँग
होलान् क्रुर कतै परन्तु छ र को ? यो मृत्युझैँ निर्मम
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।