द इन्साइट भिजन कलेज काठमाण्डौ -४ ले अभिमुखीकरण कार्यक्रम गर्ने

द इन्साइट भिजन कलेज काठमाण्डौ -४ ले अभिमुखीकरण कार्यक्रम गर्ने

कपन अनलाइन
काठमाडौं, साउन ११।

काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको द इन्साइट भिजन कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई  अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

वडा नं ४ मा रहेको दियो पार्टी प्यालेसमा हुने सो अभिमुखीकरण कार्यक्रममा मोटीभेसनल स्पिकर  विकास योजन तामाङ र चर्चित लोक गायक बद्रि पंगेनीको विशेष प्रस्तुतिका साथमा विद्यार्थीहरुका विभिन्न गतीविधिहरु रहने कलेजले जानकारी दिएको छ।

साउन १२ गते सनिवार बिहान ९ बजेदेखि शुरु हुने सो कार्यक्रममा मनोरन्जनात्मक र शैक्षिक गतिविधिहरु समेत रहनेछन ।

तपाइँको प्रतिक्रिया ।