PABSOK गुरु पूर्णिमा २०८१ सफलतापूर्वक सम्पन्न

PABSOK गुरु पूर्णिमा २०८१ सफलतापूर्वक सम्पन्न

कपन अनलाइन
काठमाडौं, साउन ९।

PABSOK गुरु पूर्णिमा २०८१ कार्यक्रम काठमाडौंको सरस्वतीनगरस्थित ए वन क्याफेमा  सफलतापूर्वक सम्पन्न भएको छ।

निजी तथा आवासीय विध्यालय संगठन काठमाडौं (PABSOK) द्वारा आयोजित सो  कार्यक्रमले सदस्य विद्यालयका उत्कृष्ट शिक्षकहरूलाई पुरस्कार र फेलोशिपसहित सम्मान गर्ने आफ्नो पाँचौं वर्ष पूरा गरेको छ। कार्यक्रमका  मुख्य अतिथि डा. स्वामी केशवानन्दको बहुमूल्य उपस्थितिले कार्यक्रमलाई शोभायमान बनाएको भन्रदै उनको   सन्देश तथा आध्यात्मिक शिक्षाहरूको अत्यन्त प्रशंसा गरिएको थियो । PABSOK का अध्यक्ष राजन श्रेष्ठले कार्यक्रममा अध्यक्षता गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

सो कार्यक्रमका  विशिष्ट अतिथिहरूमा National PABSAN केन्द्रीय समितिका सचिव विष्णु पराजुली, National PABSAN बागमती प्रदेशका सचिव गेन्द्र लामा, र PABSOK का सल्लाहकारहरू शम्भु अधिकारी, नारायण बाबु तिम्सिना र भीष्म ढकाल रहेका थिए ।

कार्यक्रम PABSOK का कोषाध्यक्ष राजेश्वर तिवारीले संयोजन गरेका थिए भने  र महासचिव सुदीप काफ्लेले सञ्चालन गरेका थिए । कार्यक्रममा मनास्लु वर्ल्ड कलेज, VS कलेज, टेक्सास इन्टरनेशनल कलेज, पुष्पलाल मेमोरियल कलेज र सुटमाला टेलर्सले प्रायोजन गरेका थिए। ४०० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको यस कार्यक्रममा ३० भन्दा बढी विद्यालयहरूको प्रतिनिधित्व थियो। यसले शैक्षिक समुदायको सामूहिक भावना र समर्पणको प्रमाण प्रस्तुत गरेको थियो।

PABSOK का अध्यक्ष राजन श्रेष्ठले कार्यक्रमको समापन गर्दै सबै विशिष्ट अतिथिहरू, कार्यकारी टोलीका सदस्यहरू, विद्यालय शिक्षकहरू, प्रायोजकहरू, अतिथिहरू र सहभागीहरूलाई अमूल्य योगदानको लागि धन्यवाद दिनुभयो र आगामी दिनहरूमा पनि यस्तै उत्साह र सकारात्मकता कायम राख्न आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।