बुढानिलकण्ठ नगरपालिकामा सात वटा नगर गौरवका योजनाहरु, कति छ बजेट?

बुढानिलकण्ठ नगरपालिकामा सात वटा नगर गौरवका योजनाहरु, कति छ बजेट?

कपन अनलाइन
काठमाडौं, साउन ७।

बुढानिलकण्ठ नगरपालिकाले सात  वटा योजनाहरुलाई नगर गौरवका योजनाका रुपमा बजेट बिनियोजन गरेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक नगर विकासका योजनाका रुपमा विभिन्न ७  वटा योजनाहरुलाई गौरवका योजनाका रुपमा उल्लेख गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाले २ वटा योजनाहरुलाई नगर स्तरीय आन्तरिक श्रोत , ४ वटा योजनाहरुलाई प्रदेस स्तरीय र १ योजनालाई  आन्तरिक श्रोत तथा प्रदेस सरकार स्तरीय योजना रहेका छन।

बुढानिलकण्ठ नगरपालिकाका गौरवका योजनाहरु :

१. कपन ह्यान्डबल मैदान : ५ करोड

२.कृषि बजार पूर्वाधार निर्माण : २ करोड ५० लाख

३.सांस्कृतिक प्रतिष्ठान भवन निर्माण :४ करोड

४.खानेपानी योजना निर्माण व्यवस्थापन एबम साझेदारी : ६ करोड

५.बस पार्क निर्माण :२ करोड

६.बौद्धिक सम्मेलन / नलेज बैंक निर्माण :१ करोड

७.बुढानिलकण्ठ खेल मैदान निर्माण : ५ करोड

 

 

तपाइँको प्रतिक्रिया ।