तिमी : रूची बाजपेई शर्मा (भारत)

तिमी : रूची बाजपेई शर्मा (भारत)

कपन अनलाइन
काठमाडौं, साउन ५।
के तिमी दिपावली हौ ?
जसलाई हर मौसम कुर्नु पर्ने
के तिमी महिना भरीको तलव हौ ?
हात परे पछी दिल धडकिने
के तिमी साँझ हौ ?
जुन यी ऑखामा उत्रने
के तिमी निन्द्रा हौ मेरो
जसको चाहाना ऑखा भरी आउने
के तिमी मेरो श्वास हौ ?
जोबिना दिन नचल्ने
के तिमी मुस्कान हौ मेरो ?
बिस्तारै बिस्तारै बाच्न सक्ने
के तिमी मेरो पासवोर्ड हौ ?
सबैबाट लुकाई लुकाई राख्नु पर्ने
के तिमी झरना हौ ?
जसको किनारमा बसेर
मन लाई दुबिधा पार्ने
के तिमी आरजु हौ मेरो
जो दैनिक लेख्नु पर्ने
(अनुवादकः मञ्जुश्री प्रधान के.सी. ‘रानु’काठमाण्डौ, नेपाल )

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।