प्रहरी पेसामात्र नभई सेवा पनि हो – अर्याल

काठमाडौँ, ४ भदौ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई पेसाकर्मीका रुपमा हेर्नुभन्दा पनि सेवाकर्मीका रुपमा हेरिनुपर्ने बताउनुभएको छ ।

प्रहरी श्रीमती सङ्घको ३१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले परम्परागतभन्दा पनि संस्थालाई नयाँ कार्यशैली, संरचना र कार्यक्षेत्र विस्तारका साथ अगाडि बढाउनुपर्ने औँल्याउनुभयो ।

सङ्घका संस्थापक अध्यक्ष वसुन्धरा लामाले श्रीमती सङ्घसँग सहकार्य गरी विभिन्न समाजसेवामूलक कार्यमा सहयोग पु¥याउने व्यक्ति एवम् सङ्घका पदाधिकारीलाई सम्मानपत्र प्रदान गर्दै प्रहरी परिवारबीच सद्भाव बढाई समाजमा केही गर्न सकिन्छ भन्ने उद्देश्यले सङ्घ स्थापना भएको बताउनुभयो ।

सङ्घका अध्यक्ष रोशी अर्यालले आगामी दिनमा सङ्घ सामाजिक क्रियाकलापमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घले प्रहरी विद्यालयबाट प्रवेशिका परीक्षाम उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई पुरस्कार र प्रशंसापत्र प्रदान गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।