उपत्यकाव्यापी कविता लेखन तथा वाचन प्रतियोगितामा जुगल नवगुरुकुलकी श्रेया विमली प्रथम

उपत्यकाव्यापी कविता लेखन तथा वाचन प्रतियोगितामा जुगल नवगुरुकुलकी श्रेया विमली प्रथम

कपन अनलाइन

काठमाण्डौ,असार ३०।

निजी आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) द्वारा आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तिको अवसरमा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जुगल नवगुरुकुलकी छात्रा श्रेया विमली प्रथम भएकी छ।

उपत्यकाव्यापी प्याब्सन दोस्रो कविता महोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा प्रथम भएकी कक्षा ८ मा अध्ययनरत छात्रा श्रेया विमलीले नगद रु २००००।(बीस हजार मात्र) , ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरेकी थिइन।

त्यस्तै नेशनल प्याब्सन काठमाडौं जिल्लाको आयोजना र गोकर्णेश्वर नगर कमिटिको संयोजनमा भएको कविता वाचन प्रतियोगितामा सो  विद्यालयको कक्षा-१० की छात्रा उपसना लामिछानेले ३३ विद्यालय मध्ये चौथो स्थान हासिल गरेकी छन।

विद्यालयले नियमित पठन पाठन संगै अतिरिक्त कृयाकलापहरुलाई प्राथमिकता दिएको र विद्यालय प्रांगणमा अन्तरास्ट्रिय स्तरको बास्केटबल कोर्ट र फुट्सल मैदान निर्माण गरिएको जानकारी दिदै विद्यालयका अध्यक्ष डिपी आचार्यले कक्षा ११ मा कानुन,व्यवस्थापन लगायतका संकायमा भर्ना जारी रहेको बताएका छन।

तपाइँको प्रतिक्रिया ।