बुढानीलकण्ठका सामुदायिक विद्यालयहरूमा द्वितीय हुन सफल गणेश माविका विद्यार्थीहरुलाई सम्मान

बुढानीलकण्ठका सामुदायिक विद्यालयहरूमा द्वितीय हुन सफल गणेश माविका विद्यार्थीहरुलाई सम्मान

कपन अनलाइन

काठमाण्डौ,असार ३०।

बुढानीलकण्ठ नगरपालिका वडा नं  २ मा रहेको श्री गणेश माविबाट एसईई परिक्षामा  बुढानीलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरूमध्ये द्वितीय हुन सफल भएको छ।

बागमती प्रदेशका प्रदेश सभा सदस्य जयराम थापाको प्रमुख आतिथ्यतामा र बु.न.पा वडा नं २ का वडाध्यक्ष एवम् गणेश मावि  विद्यालय व्यवस्थापन समितीका  अध्यक्ष राजेन्द्र श्रेष्ठको सभाध्यक्षता रहेको थियो।

उक्त कार्यक्रममा गणेश बहुमुखी क्याम्पस बाट त्रि वि अन्तर्गत BBS Third Year को परीक्षामा नेपाल टप गर्न सफल ८०.८ प्रतिसत  ल्याउने छात्रा अनु पुर्कुटीलाई पनि सम्मान गरिएको थियो।

उक्त विद्यालयबाट सर्वोत्कृष्ट अङ्कका साथ एसईई परीक्षामा जिपिए  ३.८७ सहित  प्रथम हुन सफल युनिशा अधिकारीलाई पुरस्कार सहित सम्मान गरिएको थियो।

त्यस्तै सो परिक्षामा महान भण्डारीले ३.८३ जिपिए  सहित  द्वितीय भएका थिए भने तृतीय साधना ढुङ्गाना जिपिए  ३.७७ ल्याउन सफल भएकी थिइन्।

यस वर्ष यस बुढानिलकण्ठ क्षेत्रकै सामुदायिक विद्यालय अन्तर्गत  गणेश मा.वि ३.८७ का साथ द्वितीय हुन सफल भएको  विद्यालयका प्रधानाध्यापक मीमकाजी श्रेष्ठले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।