ग्रामीणभेगका नागरिक लक्षित कार्यक्रम गरिनुपर्ने ः उपराष्ट्रपति झा

काठमाडौँ, ४ भदौ । उपराष्ट्रपति परमानन्द झाले नेपालका अधिकांश नागरिक ग्रामीणभेगमा बसोबास गर्ने भएकाले ग्रामीण भेगका नागरिकलाई लक्षित गरी नागरिक समाजले काम गर्नुपर्ने बताउनुभएको छ ।

आदर्श नागरिक समाज नेपालले आज यहाँ आयोजना गरेको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उपराष्ट्रपति झाले नागरिक समाजले देश, माटो, नागरिक, तिनको अवस्था र हावापानीअनुसार अघि बढ्नुपर्र्ने बताउनुभयो ।

उहाँले देशलाई विकासको दिशातिर उन्मुख गर्नका लागि सबैभन्दा पहिले नागरिक नै आदर्शात्मक बाटोतिर हिँड्नुपर्नेमा पनि जोड दिनुभयो ।

उपराष्ट्रपति झाले संस्थालाई असल नागरिक समाजको रुपमा स्थापित गर्न देशमा रहेका पछिपरेका समुदायको हितमा सक्रिय भएर काम गर्नका लागि शुभकामनासमेत दिनुभएको छ ।

सभासद् शेषनाथ अधिकारीले सरकार नपुगेको स्थानमा गएर नागरिक समाजले नागरिकको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

सभासद् चन्द्रप्रकाश मैनाली र ध्यानगोविन्द रन्जितले संविधानसभाले नागरिकको हित हुनेगरी संविधान जारीगर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले नागरिक समाजले अबका दिनमा सबै नेपाली नागरिकलाई मानव अधिकार कसरी पु¥याउने भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष सागरकुमार पाठकले नागरिकको हक र हितनै आफ्नो प्रमुख उद्देश्य रहेको प्रष्ट पार्नुभयो ।

सोही अवसरमा समाजले लामो समयदेखि मानवअधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका नुतन थपलियालाई योगदानको कदर गर्दै अभिनन्दनसँगै संस्थाको आजीवन सदस्यता लिने बाबुराम गिरी, भीमार्जुन आचार्य, हरिश्चन्द्र श्रेष्ठ, जनार्दन त्रिपाठी, बाबुकाजी पाठक र रोहितकुमार भट्टराईलाई प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।