नेपाली कांग्रेस बुढानिलकण्ठको रक्तदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस बुढानिलकण्ठको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,असार २०।

नेपाली कांग्रेस बुढानिलकण्ठको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेक अल्फा मार्टमा भएको सो कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए।

नेपाली कांग्रेस वडा नं ८ कार्यसमितिको सह आयोजना र लायन्स क्लव अफ काठमाण्डौ सदभाव र कपनको सहयोग रहेको सो रक्तदान कार्यक्रम स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १००१ औ जन्म जयन्तिको अवसरमा आयोजना गरिएको थियो।

असार १८ गते मंगरवार बिहान ८ बजे देखि १२ बजे सम्म भएको सो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकीले  विभिन्न वडाहरुमा स्वास्थ्य सिविर लगायतका रचनात्मक गतिविधिहरु भैरहेको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।