टेनिसको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न

टेनिसको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न

कपन अनलाइन
काठमाडौं, असार २०।
नेपाल टेनिस संघको आयोजनामा आईटीएफ÷ओलम्पिक सोलिडारिटी कोचिङ विगिनर्स इन्टरमिडियट         (सीबीआई) कोर्ष बुधबार सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको कोर्षमा २१ पुरुष २ महिला गरी २३ जनाको सहभागिता रहेको टेनिस संघअन्तर्गत कोचेज एडुकेसन डिपार्टमेन्टका निर्देशक समेत रहेका टेनिस संघका सदस्य जयजीव हाडाले जनाएका छन् ।
आईटीएफअन्तर्गत साउथ, इस्ट र साउथ इस्टका डेभलोप्मेन्ट अफिसर जोनाथन स्तब्स तथा आईटीएफ ट्युटरद्वय जरिना माइ अरेभालो र मार्टिन सेटियवनले सहभागीलाई प्रशिक्षण दिएका थिए । उनीहरुलाई राष्ट्रिय ट्युटर शरद् लामा, राजकुमार लामा र सूर्यभूषण वज्राचार्यले सहयोग गरेका थिए ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, टेनिस संघकी अध्यक्ष ज्योति राणा, मार्टिनलगायतले एक कार्यक्रमबीच सहभागीलाई प्रमाण पत्र प्रदान गरे । सोही अवसरमा जितेन्द्र परियार र राजकुमार लामालाई कोचिङ एडभान्स प्लेयर कोर्षमा उत्तीर्ण भएको प्रमाण पत्र प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।