बुढानिलकण्ठ नगरपालिकाको प्रस्तावित बजेट ३ अर्ब २५ करोड, वडालाई ३ र स्वास्थ्यमा १२ करोड

बुढानिलकण्ठ नगरपालिकाको प्रस्तावित बजेट ३ अर्ब २५ करोड, वडालाई ३ र स्वास्थ्यमा १२ करोड

कपन अनलाइन
काठमाडौं, असार १७।

बुढानिलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब २५ करोडको बजेट प्रस्तावित गरेको छ। नगरपालिकाले पेस गरेको  बजेट वक्तव्यमा सो बजेट प्रस्ताव गरिएको छ।

नगरपालिकाले नगर सभा सभामा पेस गरेको बजेट बक्तव्यमा शिक्षा क्षेत्रलाई गत वर्ष  प्राथमिकतामा राखेको थियो  भने यस आर्थिक वर्षमा  स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमा नगर अस्पताललाई नागरिक अस्पतालको रुपमा विकास गर्नका लागि सरल ,सहज ,प्रविधि मैत्री र गुणस्तरीय सेवा प्रदान गर्नका लागि ९ करोड र स्वास्थ्य बिमा ,निशुल्क रक्त सेवा तथा अन्य विभिन्न कामका लागि ३ करोड ३० लाख रकम बिनियोजनको प्रस्ताव गरिएको छ।

भौतिक पूर्वाधार विकास तर्फ १ अर्ब ५१ करोड १७ लाख बजेट बिनियोजनको प्रस्ताव गरेको सो नगरपालिकाले बन वातावारण तथा विपद व्यवस्थापनका लागि ३ करोड ५० लाख बजेट प्रस्ताव गरेको छ।

त्यसै विभिन्न शिर्षकहरुमा समग्र प्रशासनिक कार्य  संचालनका लागि ३७ करोड २८ लाख बजेट प्रस्ताव गरेको बुढानिलकण्ठले सुचना प्रविधि तथा संचारका लागि २ करोड ५० लाख बजेट प्रस्ताव गरिएको छ।

सहकारी निरीक्षण, अभिमुखीकरण तथा असल अभ्यास अनुसरण लगायतका कार्यक्रम संचालनका लागि ६० लाख बजेट प्रस्ताव गरेको नगरपालिकाले १३ वटा वडालाई प्रति  वडा ३ करोड बजेट बिनियोजन गरिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।