चपलीमा भेटियो ऐतिहासिक शिलालेख,बुढानिलकण्ठको मुर्ति बारे विशेष प्रसंग

चपलीमा भेटियो ऐतिहासिक शिलालेख,बुढानिलकण्ठको मुर्ति बारे विशेष प्रसंग

कपन अनलाइन
काठमाडौं, असार १७।

बुढानिलकण्ठ नगरपालिकाको नामकरण भएको पवित्र बुढानिलकण्ठको मुर्ति वारे चपलीमा भेटिएको एक शिलालेखमा विशेष प्रसंग भेटिएको छ।

वडा नं ३ मा रहेको चपलीमा भेटिएको चार मुखे शिव मुर्ति र संगै रहेको करिव ५ फिट अग्लो शिलालेखमा बुढानिलकण्ठको मुर्ति बोकेर ल्याउने स्थानीयहरुको कर  मिनाहा गर्ने उल्लेख गरिएको छ।

बिक्रम सम्बत ६२४ मा स्थापना गरिएको सो शिलालेखमा कल शयनी विष्णु भगवानको मुर्ति ल्याउन मदत्त गरे बापत सो ग्रामका बासिन्दाहरुको कट छुट गरिएको उल्लेख रहेको छ।

लिच्छवी राजा गंगादेवले चपली ग्राममा बस्ने सबैको आराम कुशल सोध्दै महासामन्त भौम गुप्तको आग्रह अनुसार सो शिलालेख प्रदान गरिएको उक्त शिलालेखमा उल्लेख गरिएको छ।

सो शिलालेख भेटिए संगै बुढानिलकण्ठ भगवानको मुर्ति चपलीका स्थानीयहरुले कहाँबाट बोकेर हालको स्थान सम्म ल्याए ? यो भने गम्भीर खोजको विषय बनेको छ ।

तपाइँको प्रतिक्रिया ।